हेटौँडा । बागमती प्रदेश सभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी प्रदेश सरकारले तयारी थालेको छ । प्रतिपक्षी दलहरूले प्रदेश सभा बैठक बोलाउन दबाब दिएपछि प्रदेश सरकारले यही पुसको तेस्रो साता बस्ने गरी बैठक बोलाउने तयारीमा जुटेको हो ।
“प्रदेश सभाको बैठक पुसको तेस्रो सातासम्ममा बस्ने गरी तयारी भइरहेको छ”, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भने, “जेन जेड आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट प्रदेशसभा हल क्षतिग्रस्त अवस्थामा छ, अहिलेका लागि अस्थायी रूपमा हेटौँडा उपमहानगरपालिका कार्यालय नजिकैको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलबाटै बैठक सञ्चालन गर्ने तयारी गर्न कर्मचारीहरू जुट्नु भएको छ ।” उनका अनुसार केही दिनभित्रै त्यहाँ फर्निचर, माइक जडानलगायतको काम सकिन्छ र त्यसलगत्तै बैठक बोलाउने तयारीमा सरकार छ ।
“बैठकको तयारीका लागि उपसभामुखज्यू र प्रदेशसभाअन्तर्गतको विषयगत समितिका सभापतिज्यूहरू पनि छलफलमा जुट्नु भएको छ”, मुख्यमन्त्री बानियाँले भने “उहाँहरूले विभिन्न दलका नेताहरूसँग नियमित छलफल गरिरहनुभएको छ, हामीले पनि छिट्टै बैठक आह्वान गर्न प्रदेश प्रमुखज्यूलाई पत्राचार गर्छौं ।” त्यसपछि प्रदेश सभाको बैठक बस्छ उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ पुस २०८२, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सभा बैठक अनिश्चित
बागमती प्रदेश सभाको बैठक अनिश्चित
जेनजी आन्दोलनबाट बागमती प्रदेश सभामा ३५ करोड बराबरको क्षति
बागमती प्रदेश सभाको बैठक बस्दै