धामी बसी झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या

सफल खबर संवाददाता

मंगलबार, ०९ कार्तिक २०७८, ११ : ५४
धामी बसी झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या

ईलाम । ईलाममा धामी बसी झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या भएको छ । इलाम देउमाई नगरपालिका ५ बारुङ का ३३ बर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् ।

आज बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धामी बसी बिगत देखी बेला बखत बेहोस हुने बिरामी रहेका श्रीमती ३४ बर्षीया सिता तामाङ र छोरी १६ बर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाटी तथा शरिरको बिभिन्न भागमा टोक्दा उनिहरुको मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट प्रहरी टोली खटि गई कमल तामाङलाई नियन्त्रणमा लिएको छ । घटनाबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस