चितवन । स्थानिय तहमा जनप्रतिनिधी निर्वाचित भएर आएसंगै भरतपुर महानगरपालिकाले नगरबासीको स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्येश्यले २९ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र तथा दुई स्थानमा आयुर्वेदिक औषधालयहरू निर्माण गरि संचालनमा ल्याएको छ ।
महानगरकै अगुवाईमा देवघाटमा पनि आयुर्वेदिक अस्पताल बन्न लागेको छ । उक्त भवनको बिहिबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी छिन् । ९ कोठे आर सिसी भवनको सिलान्यास गर्दै प्रमुख दाहालले चितवन मेडिकल सिटीको रूपमा विकास हुँदै गएकाले विशेषज्ञ सेवा तर्फ विशेष ध्यान दिन आग्रह गरिन् ।
उनले भरतपुरमा कोहीपनि नगरवासी आधारभूत स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस भन्ने उद्येश्यका साथ हरेक क्षेत्रमा स्वास्थ्य केन्द्र र औषधालयहरूको निर्माण र बिस्तारमा जोड दिएको बताईन् । आयुर्वेदिक चिकित्सा पद्धती पुरानो र महत्वपूर्ण रहेको बताउदैं उनले वडा न १४ शिवनगरमा ५० सैयाको आयुर्वेदिक अस्पपताल स्थापना गरी संचालनमा ल्याईएको बताईन । उनले यस अस्पताललाई प्रदेश सरकारसंग समन्वय गरि १ सय शैंयामा स्तरबृद्धी गर्ने प्रकृया पनि अगाढी बढाईएको बताईन् ।
शिलान्यास गरिएको देवघाट आयुर्वेदिक औषधालय ६५ लाखको लागतमा ९ वटा आधुनिक कोठा सहितको निर्माण हुने र त्यसलाई समयमै गुणस्तरिय ढंगले निर्माण सम्पन्न गरी सेवा सुचारू गर्न प्रमुख दाहालले आग्रहसमेत गरिन् ।महानगर प्रमुख दाहालले निर्माणाधिन आयुर्वेदिक औषधालयले देवघाट क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई अक्षुग्ण राख्नुका साथै यस क्षेत्रको विकासमा अझै महत्वपूर्ण हुने उल्लेख गरिन् ।
सोही कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले देवघाट क्षेत्रमा निर्माणाधिन आयुर्वेदिक औषधालयले यस क्षेत्रमा आउने धर्मावलम्बी तथा स्थानिय नागरिकहरूलाई आयुर्वेदिक उपचारमा सहयोग पुग्ने बताए ।
स्थानियबासीको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने उद्येश्यले भरतपुर महानगरपालिकाले नगर क्षेत्रभित्र शारदानगर र शिवनगरमा अस्पताल संचालन गरेको छ भने ४० स्थानबाट नगर स्वास्थ्य क्लिनिक, मातृ शिशु क्लिनिक, हेल्थपोस्ट लगायतकाबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । शिलान्यास कार्यक्रम महानगरपालिका वडा नं. १ का अध्यक्ष तथा देवघाट आयुर्वेदिक औषधालय व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष जयराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ कार्तिक २०७८, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान