चितवन । स्थानिय तहमा जनप्रतिनिधी निर्वाचित भएर आएसंगै भरतपुर महानगरपालिकाले नगरबासीको स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्येश्यले २९ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र तथा दुई स्थानमा आयुर्वेदिक औषधालयहरू निर्माण गरि संचालनमा ल्याएको छ ।
महानगरकै अगुवाईमा देवघाटमा पनि आयुर्वेदिक अस्पताल बन्न लागेको छ । उक्त भवनको बिहिबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी छिन् । ९ कोठे आर सिसी भवनको सिलान्यास गर्दै प्रमुख दाहालले चितवन मेडिकल सिटीको रूपमा विकास हुँदै गएकाले विशेषज्ञ सेवा तर्फ विशेष ध्यान दिन आग्रह गरिन् ।
उनले भरतपुरमा कोहीपनि नगरवासी आधारभूत स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस भन्ने उद्येश्यका साथ हरेक क्षेत्रमा स्वास्थ्य केन्द्र र औषधालयहरूको निर्माण र बिस्तारमा जोड दिएको बताईन् । आयुर्वेदिक चिकित्सा पद्धती पुरानो र महत्वपूर्ण रहेको बताउदैं उनले वडा न १४ शिवनगरमा ५० सैयाको आयुर्वेदिक अस्पपताल स्थापना गरी संचालनमा ल्याईएको बताईन । उनले यस अस्पताललाई प्रदेश सरकारसंग समन्वय गरि १ सय शैंयामा स्तरबृद्धी गर्ने प्रकृया पनि अगाढी बढाईएको बताईन् ।
शिलान्यास गरिएको देवघाट आयुर्वेदिक औषधालय ६५ लाखको लागतमा ९ वटा आधुनिक कोठा सहितको निर्माण हुने र त्यसलाई समयमै गुणस्तरिय ढंगले निर्माण सम्पन्न गरी सेवा सुचारू गर्न प्रमुख दाहालले आग्रहसमेत गरिन् ।महानगर प्रमुख दाहालले निर्माणाधिन आयुर्वेदिक औषधालयले देवघाट क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई अक्षुग्ण राख्नुका साथै यस क्षेत्रको विकासमा अझै महत्वपूर्ण हुने उल्लेख गरिन् ।
सोही कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले देवघाट क्षेत्रमा निर्माणाधिन आयुर्वेदिक औषधालयले यस क्षेत्रमा आउने धर्मावलम्बी तथा स्थानिय नागरिकहरूलाई आयुर्वेदिक उपचारमा सहयोग पुग्ने बताए ।
स्थानियबासीको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने उद्येश्यले भरतपुर महानगरपालिकाले नगर क्षेत्रभित्र शारदानगर र शिवनगरमा अस्पताल संचालन गरेको छ भने ४० स्थानबाट नगर स्वास्थ्य क्लिनिक, मातृ शिशु क्लिनिक, हेल्थपोस्ट लगायतकाबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । शिलान्यास कार्यक्रम महानगरपालिका वडा नं. १ का अध्यक्ष तथा देवघाट आयुर्वेदिक औषधालय व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष जयराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ कार्तिक २०७८, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता