गुल्मी । गुल्मीको रेसुंगामा एक जना महिलाको हत्या भएको छ। रेसुंगा नगरपालिका-१३ दुबिचौरकी ५५ वर्षकी पार्वती विकको चिर्पट प्रहार गरेर स्थानीय एक युवाले हत्या गरेका हुन्।
स्थानीय २५ वर्षको प्रकाश विकले आइतबार साँझ चिर्पट प्रहार गरेर पार्वतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। हत्याको कारण खुलेको छैन।
हत्यामा संलग्न युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ। आइतबार साँझ बजारबाट घर फर्किने क्रममा घर नजिकै उनको हत्या भएको हो। प्रहरीले हत्याको कारण नखुलेको र अनुसन्धानको क्रममा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असोज २०७८, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै