गुल्मी । गुल्मीको रेसुंगामा एक जना महिलाको हत्या भएको छ। रेसुंगा नगरपालिका-१३ दुबिचौरकी ५५ वर्षकी पार्वती विकको चिर्पट प्रहार गरेर स्थानीय एक युवाले हत्या गरेका हुन्।
स्थानीय २५ वर्षको प्रकाश विकले आइतबार साँझ चिर्पट प्रहार गरेर पार्वतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। हत्याको कारण खुलेको छैन।
हत्यामा संलग्न युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ। आइतबार साँझ बजारबाट घर फर्किने क्रममा घर नजिकै उनको हत्या भएको हो। प्रहरीले हत्याको कारण नखुलेको र अनुसन्धानको क्रममा रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असोज २०७८, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण