राष्ट्रिय सहमति र परिमार्जन बिना एमसिसी पास हुँदैन : प्रचण्ड (भिडियोसहित)

सफल खबर संवाददाता

शनिबार, २३ असोज २०७८, ११ : ५२

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति र परिमार्जन बिना एमसिसी पास नहुने बताएका छन् । आज शनिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले राष्ट्रिय सहमति र परिमार्जन बिना एमसिसि पास हुनै नसक्ने बताए । उनले भने “राष्ट्रिय सहमति, परिमार्जन बिना एमसिसि पारित हुन सक्दैन ।”

मन्त्रीमण्डल विस्तारमा न्यायलयलाई भागवण्डा गरियो भन्ने गलत भएको उनको भर्नाइ छ । गजेन्द्र हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाईएको उनको भनाई छ । उनले यो विषयमा होहल्ला गर्नु आवश्यक नरहेको बताउँदै  भने “कांग्रेसको आफ्नै मान्छे हो, आफ्नै कोटामा ल्याईसकेपछि यता हो र त्यता हो भन्नुको कुनै तुक छैन ।”

सांसद नभएको व्यक्तिलाई मन्त्री बनाउन मिल्ने व्यवस्था संविधानमै भएको बताउँदै उनले अगाडि थपे “सांसद नभएका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउने व्यवस्था संविधानमै छ ।” यसभन्दा अगाडि पनि सांसद नभएका व्यक्तिलाई मन्त्री बनाईने गरेको उनले बताए । उनले भने “यो नयाँ कुरा होइन ।” पहिलो पटक प्रतिनिधिसभाको विघटन हुँदा सेटिङसेटिङ भन्ने चर्चा हुने गरेकोले मानिसहरुलाई त्यही भन्न मन लागेर भनेको उनको भनाई छ ।

नेकपा एमालेका नेता रामबहादुर थापा बादलले प्रचण्डसँग चुनाव लड्ने कुरा गर्नुभएको छ नि भन्ने प्रश्नमा दाहालले भने “म तल्लोस्तरको विषयमा टिप्पणी गर्नै चाहन्न ।” नेपाली कांग्रेस अब चितवनमा गठबन्धनमा नजाने भन्ने कुरा छ नि भन्ने प्रश्नमा उनले भने “गठबन्धन बनाएर नलड्ने स्वतन्त्रता सबैलाई छ । मलाई लाग्छ गठबन्धन हामीले जुन परिस्थितिमा बनायौं यो गठबन्धनलाई यहाँसम्म ल्यायौं। गठबन्धन भएर जान्छ । चितवन जस्तो जिल्लामा अझ बढी हामी समझदारीका साथ जान्छौं, मलाई विश्वास छ ।”

 

 

 

 
 

 

 

 

 

प्रतिक्रिया दिनुहोस