काठमाडौं । नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले मुलुकलाई अनिर्णयको बन्दी बनाएर राख्नुभन्दा ताजा जनादेशमा जानुपर्ने बताए ।
प्रेस चौतारी नेपाल पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच वन टु वन वार्ता नभए पनि सरकारका प्रतिनिधिसँग ताजा जनादेशमा जानेबारे छलफल भइरहेको प्रवक्ता ज्ञवालीले बताए ।
सरकारले संघीय निर्वाचनका लागि मिति घोषणा गरेमा प्रतिपक्षी एमालेले स्वागत र समर्थन गर्ने प्रवक्ता ज्ञवालीले बताए । निर्वाचन भएमा अहिले देखिएको गतिरोध अन्त्य हुने र मुलुकले निकास पाउनेसमेत उनको दावी छ ।
प्रवक्ता ज्ञवालीले अदालतको परमादेशबाट स्थापित भएको सरकार विभिन्न स्वार्थहरूको अपवित्र गठबन्धन भएकाले लामो समससम्म नटिक्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असोज २०७८, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट आन्दोलन खडेरीको दूबो झैँ फेरि मौलाउनेछ : प्रदीप ज्ञवाली
विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
वामपन्थी एकताको निर्णय भएको छैन : प्रदीप ज्ञवाली
अन्तर्राष्ट्रिय राजनीति कूटनीतिमा प्रयोग गरिने शब्दको विशेष अर्थ हुन्छ: प्रदीप ज्ञवाली
सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली
निर्वाचन परिणामपछि एमालेमा आत्मसमीक्षाको आवश्यकता’ : प्रदीप ज्ञवाली