काठमाडौं । नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले मुलुकलाई अनिर्णयको बन्दी बनाएर राख्नुभन्दा ताजा जनादेशमा जानुपर्ने बताए ।
प्रेस चौतारी नेपाल पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच वन टु वन वार्ता नभए पनि सरकारका प्रतिनिधिसँग ताजा जनादेशमा जानेबारे छलफल भइरहेको प्रवक्ता ज्ञवालीले बताए ।
सरकारले संघीय निर्वाचनका लागि मिति घोषणा गरेमा प्रतिपक्षी एमालेले स्वागत र समर्थन गर्ने प्रवक्ता ज्ञवालीले बताए । निर्वाचन भएमा अहिले देखिएको गतिरोध अन्त्य हुने र मुलुकले निकास पाउनेसमेत उनको दावी छ ।
प्रवक्ता ज्ञवालीले अदालतको परमादेशबाट स्थापित भएको सरकार विभिन्न स्वार्थहरूको अपवित्र गठबन्धन भएकाले लामो समससम्म नटिक्ने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असोज २०७८, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी
मतदान प्रक्रियाले पार्टीको आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण सन्देश : प्रदीप ज्ञवाली
काशी र प्रदीपलाई ओलीको फोन– 'अन्याय हुन दिन्नँ, सहयोग गर्नुस्'
ओली नेतृत्वको टोलीलाई जिताऔँ : प्रदीप ज्ञवाली
यो नेतृत्व चयन गर्ने महाधिवेशन हो, नीतिको बहस गर्नु सान्दर्भिक हुँदैन: प्रदीप ज्ञवाली
शान्ति सुरक्षाबारे कार्यबाहक प्रमुख निर्वाचन आयुक्तको गैरजिम्मेवार अभिव्यक्ति : प्रदीप ज्ञवाली