एमाले हुँदैन थियो भने मुलुकमा संविधान बन्दैन थियो : प्रदीप ज्ञवाली

सफल खबर संवाददाता

शुक्रबार, १५ असोज २०७८, १४ : ४२
एमाले हुँदैन थियो भने मुलुकमा संविधान बन्दैन थियो : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) सचिव प्रदीपकुमार ज्ञवालीले एमाले पार्टी नभएको भए नेपालको संविधान नबन्ने दावी गरेका छन् । ललितपुरको गोदावारीमा जारी नेकपा (एमाले) प्रथम विधान महाधिवेशन सभामा बोल्दै सचिव ज्ञवालीले एमालेको अग्रणी भूमिका नभएको भए संविधान कार्यान्वयनसमेत नहुने बताए ।

‘नेपालमा नेकपा एमालेको अग्रणी भूमिका हुँदैन थियो भने अनेकौँ चुनौति र हस्तक्षेपलाई चिररे संविधान बन्दैन थियो,’ उनले भने, ‘संविधान कार्यन्वयका कामहरु अघि बढ्दैन थियो। एमाले नभएको भए भारतको नाकाबन्दीको सामना नेपालले गर्न सक्दैन थियो। देशको चुच्चे नक्सा देशले प्राप्त गर्न सक्दैन थियो।’

उनले नेपालको राष्ट्रिय राजनीतिमा एमाले घरको छानो जस्तै भएको उल्लेख गरे । उनले भने, ‘नेकपा एमाले राष्ट्रिय राजनीतिमा घरको धुरी जस्तै हो । जसमा सबै संरचनाहरु अडिएको छन् । राष्ट्रिय एकतार राष्ट्रियताका आधार स्तम्भको रुपमा एमाले उभिएको छ।’

महाधिवेशन कार्यक्रममा बोल्दै उनले एमाले नेपाली जनताको सपना र चाहना पूरा गर्ने एकमात्रै पार्टी भएको पनि जिकीर गरे । नेकपा ९एमाले०को नेतृत्व नभएको भए जनताको ओइलाएका सपनाहरुलाई व्यूँत्याएर देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने आत्मविश्वास र सङ्कल्प राष्ट्रमा भर्न कतौबाट कसैलने नसक्ने उनको भनाइ थियो ।

त्यस्तैगरी नेकपा (एमाले) लाई नेतृत्वबाट हटाउनु सरकारको बिस्थापन मात्रै नभर मुलुकको सङ्कल्पहरुलाई विस्थापन भएको उनको दावी छ ।नेकपा एमालेलाई सरकारबाट हटाउनु सरकारको बिस्थापन मात्रै नभर मुलुकको सङ्कल्पहरुलाई विस्थापन गर्न खोजिएको प्रयास हो,’ उनले भने, ‘एमाले पार्टीको विभाजन पार्टीको विभाजन मात्रै नभइ नेपालको लोकतन्त्र र सामाजिक आर्थिक रुपान्तरको प्रयासको विभाजन हो । तर ती कुराहरु किमार्थ पूरा हुन दिँदैनौँ।’

प्रतिक्रिया दिनुहोस