काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्ष सहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ । नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका थिए ।
गौतमले राजीनामा दिएको तीन साता बितिसक्दा पनि एमालेले उनको राजीनामा स्वीकृत गरेन । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले गौतमको राजीनामा स्वीकृत नभएको बताए । ‘उहाँको राजीनामा स्वीकृत भएको छैन, स्वीकृत नभएकाले उहाँको नामसहित हामीले निर्वाचन आयोगमा अपडेट पठाएका छौ’, तामाङले भने ।
राजीनामा दिएपछि पनि गौतमको नाम अपडेट गरेर निर्वाचन आयोग पठाएकाले राजीनामा अस्वीकृत भएको बुझ्नुपर्ने एमालेका एक स्थायी समिति सदस्यले बताए । ‘स्वीकृत नभएपछि अस्वीकृत भयो भनेर बुझ्नुपर्छ । अब उहाँले कि अर्को पार्टीमा लागेको घोषणा गर्नुपर्यो त्यो अवस्था पनि होइन, त्यसैले उहाँ अझै एमालेमै हुनुहुन्छ भनेर बुझ्नुपर्छ’, ती नेताको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असोज २०७८, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीमा आउन चार वर्ष लाग्यो: वामदेव गौतम
वामदेव गौतम नेतृत्वको पार्टी र एकीकृत समाजवादीबीच एकता घोषणा
एकीकृत समाजवादीमा समाहित भएपछि वामदेव गौतमको पद के हुन्छ ?
किन माधव नेपालको पार्टीमा प्रवेश गर्ने भए वामदेव गौतम ?
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : वामदेव गौतम
विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन् : वामदेव गौतम