जनकपुरधाम । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम पुगेका छन् । प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन उनी शनिबार जनकपुरधाम पुगेका हुन् ।
प्रचण्डको उपस्थितिमा भेला सुरु भएको छ । उनले देशको समसमायिक अवस्था र पार्टीले लिने नीतिको विषयमा धारणा राख्ने कार्यक्रम छ ।भेलामा माओवादी केन्द्रका प्रदेशस्तरीय अगुवा कार्यकर्ताको उपस्थिति छ ।
जनकपुरधामस्थित मरवाडी सेवा समितिमा सुरु भएको प्रशिक्षण कार्यक्रममा पूर्वमन्त्रीद्वय माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल, मातृका यादव, पूर्वमन्त्री गणेश साह, नेता रामकुमार शर्मा, प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहलगायत उपस्थित छन् । उनीहरूले कार्यकर्तालाई प्रशिक्षण दिने छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असोज २०७८, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेकपा एसबीच एकीकरण हुने लगभग निश्चित, यस्तो छ सहमति
माओवादीमा परिवार सदस्य नेताको सचिवालयमा बस्न वन्देज !
अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिद्वारा आयोजित बिपिन जोशीको सम्झनामा दीप प्रज्वलन कार्यक्रम
अखिल क्रान्तिकारी चितवनले गर्यो जेन जि आन्दोलनमाथि भएको दमनको निष्पक्ष छानबिन र न्यायको माग
काँग्रेस र एमालेलाई चुनावको पक्षमा उभिन माओवादीको अपिल
अखिल (क्रान्तिकारी) चितवनका जिल्ला अध्यक्षमा इ. सुशिल कार्की (अब्दुल) चयन