जनकपुरधाम । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम पुगेका छन् । प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन उनी शनिबार जनकपुरधाम पुगेका हुन् ।
प्रचण्डको उपस्थितिमा भेला सुरु भएको छ । उनले देशको समसमायिक अवस्था र पार्टीले लिने नीतिको विषयमा धारणा राख्ने कार्यक्रम छ ।भेलामा माओवादी केन्द्रका प्रदेशस्तरीय अगुवा कार्यकर्ताको उपस्थिति छ ।
जनकपुरधामस्थित मरवाडी सेवा समितिमा सुरु भएको प्रशिक्षण कार्यक्रममा पूर्वमन्त्रीद्वय माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल, मातृका यादव, पूर्वमन्त्री गणेश साह, नेता रामकुमार शर्मा, प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहलगायत उपस्थित छन् । उनीहरूले कार्यकर्तालाई प्रशिक्षण दिने छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असोज २०७८, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण