काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा फर्किएका नेतालाई जिम्मेवारी दिन नसक्ने बताएकी छन् ।शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा उनले युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन नसक्ने बताएकी हुन् ।
‘युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन सकिँदैन’ उनले भने, ‘युद्धबाट भागेका युद्ध अपराधीजस्तालाई किमार्थ माफी गर्नु हुँदैन । तर सरेन्डर गरे भने ढोका खोल्नुपर्छ । संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास छ । त्यसैले ढोका बन्द गर्नुहुन्न ।’
नेतृ झाँक्रीले विचार समूहका हिसाबले धेरै समयमा कन्फ्युजनमा राखेका र पछि हरियो सापलेझैं डसेको बताइन् ।विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्केका थिए ।झाँक्रीले उनीहरुलाई भगौड जर्नेलको संज्ञा दिँदै उनीहरुलाई कमान्डर मान्न नसकिने बताएकी हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असोज २०७८, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीमाथि लगाइएका आपराधिक आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ : रामकुमारी झाँक्री
‘विगत र वर्तमानलाई दाँजेर ट्रोल गरे पनि स्वीकार छ’ : रामकुमारी झाँक्री
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
रामकुमारी झाँक्रीको असंगतिपूर्ण राजनीति
ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
एकीकृत समाजवादीसँगको अध्याय सकियो , ‘पज’ को अवस्थामा छौं : रामकुमारी झाँक्री