रामकुमारी झाँक्रीको असंगतिपूर्ण राजनीति

सफल खबर संवाददाता

शुक्रबार, २१ कार्तिक २०८२, ०९ : २८
रामकुमारी झाँक्रीको असंगतिपूर्ण राजनीति

काठमाडौं । राजनीतिमा अडानले मान्छेलाई ठूलो बनाउँछ । र, सम्झौतालाई समयले बिर्सन्छ । तर कहिलेकाहीँ मानिस स्वयंले आफ्नै इतिहासलाई काटेर भविष्यको झ्याल बन्द गरिदिन्छ ।

पूर्व मन्त्री रामकुमारी झाँक्रीको हालको राजनीतिक यात्राको मोड त्यस्तै एउटा आत्म–समर्पणको गलैँचा हो, जुन उनी आफैले बिछ्याएकी छन् ।

एक समय नेकपाकालमा ओलीको संसद् विघटनविरुद्ध उभिँदामा कालोपट्टी बाँधेर आवाज फोड्ने राजनीतिक अग्निपरीक्षा दिएकी थिइन् उनले ।  त्यो बेला उनी कडा, बागी र विकल्पको आवाज थिइन् । ओलीलाई नागरिक संस्था, दल र संसद् माथि हमला गर्ने व्यक्ति भनेर कठोर आलोचना गर्ने नेतृ थिइन् । 

माधव नेपालको हात समातेर निर्वाचन आयोग पुर्याउने दृश्य धेरैका लागि साहसको प्रतीक जस्तै थियो । तर शहरी विकास मन्त्री बनेपछि र मन्त्री छोड्नुपर्दा देखि उनको राजनीतिक केन्द्र आदर्शबाट पदमा सरेको देखिन थाल्यो ।

नेकपा एमाले विभाजन हुँदा माधव नेपाललाई दरिलो साथ दिएर निर्वाचन आयोगमा हात समातेर डो¥याउनेमा उनी नै अग्रपंक्तिमा थिइन् । तर आज झाक्री पार्टीमा बोल्न समेत नदिएको भनिएका केपी ओलीकै फेरो समाउने मेसोमा लागेकी छिन् । 

झाँक्रीको यो कदम केवल प्रस्थान होइन, यो वापसी मात्र पनि होइन । यो थपिएको इतिहासको मेटाइ, र अडानको आत्मदाह हो ।

झाँक्रीको राजनीतिक जीवन एक समय सङ्घर्ष र मूल्यको अध्याय थियो । २०६२-०६३ को जनआन्दोलनका बेला संसदवादी दलहरुलाई गणतन्त्रको एजेण्डामा दवाव बढाउने उनी एउटा पर्याय थिइन् । कांग्रेसमा गगन थापा र एमालेमा झाँक्रीहरु त्यसवेला आ आफना दललाई गणतन्त्रमा जान दवाव बढाउन सडकको नेतृत्वमा थिए । 

आज गगन कांग्रेस पार्टीमा महामन्त्री छन् । उनी पार्टीमा नेतृत्व हस्तान्तरणको आन्दोलनको अगुवाई गरेर आफै अब प्रधानमन्त्री या सभापति बन्ने लडाँईमा छिन् । तर रामकुमारी आफ्नै विगतको संर्घषलाई समेत विर्सेर समर्पणको नीतिमा देखिएकी छिन् । यो उनको राजनीतिक असंगति केहीदिन यता नेपालको राजनीतिमा छताछुल्ल हुन थालेको छ ।

विद्यार्थी आन्दोलन मात्रै होइन, पार्टीभित्रै पनि प्रभावशाली वैभव बनाउन सफल भएकी उनी ओलीका कटटर आलोचक थिइन् । माधव नेपालको हात समातेर निर्वाचन आयोग पुर्याउने दृश्य धेरैका लागि साहसको प्रतीक जस्तै थियो । तर शहरी विकास मन्त्री बनेपछि र मन्त्री छोड्नुपर्दा देखि उनको राजनीतिक केन्द्र आदर्शबाट पदमा सरेको देखिन थाल्यो ।

पद सकिएपछि भने उनले माधव सँग होइन, फेरि पहिले झै झलनाथसँगको निकटता बढाइन् । माधव नेपालको विश्वास मारिन् । माधव नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने नीति लिँदा उनी विद्रोही बनिन् । माओवादीसँगको एकतामा नजाने नीति बनाइन् । 

एकीकृत समाजवादीकै झलनाथ खनाल, जीवनराम श्रेष्ठहरुले पार्टी पूर्नगठन गर्ने उदघोष गरिरहेका बेला उनी भने किसन श्रेष्ठ लगायतलाई साथ लिएर एमालेमा निर्शत प्रवेश गर्ने बाटोमा लागिन् । एमालेले आफुहरुलाई लिइदेओस् भनेर रोइकराई नै गर्न खोजिन् । जेनजी विद्रोहपछि २३ भदौंको नरसंहारको नैतिक जिम्मेवारी लिनुपर्ने तत्कालिन प्रधानमन्त्री समेत रहेका केपी ओलीको खरो बचाउमा उनी हिँडेकी छिन् । र अहिले ओलीतिर पुनः परिक्रमा गरिरहेकी छन् ।

राजनीति ः इमान कि अवसर ?

राजनीतिमा लचकता हुन्छ, तर सिद्धान्तको अड्डी पनि हुन्छ । झाँक्री अहिलेको अवस्थामा आफ्नै विगतको अडानलाई लत्याउँदै सिर्फ नरम बोक्रो मात्र बोकेर हिड्न थालेकी छिन् । 

आजको जनजी पुस्ताको आन्दोलनले खोजेको थियो– डररहित, सत्तासँग नझुक्ने युवा राजनीतिक चेतना । तर झाँक्री त्यही चेतनाको व्याख्या गर्न सक्ने नेताबाट थाकेर आत्मसमर्पणको राजनीतिक यात्रामा हिड्न खोजेकी छिन् । उनी आफ्नै विगतको संर्घषको विरोधाभासको जीवित उदाहरण बन्दै गइन् ।

राजनीतिमा पार्टी बदल्नु पाप होइन । अझ झाँक्रीकै शब्दमा भन्ने हो भने आफैंले बनाएको घर (एमाले) फर्किनु स्वभाविक हो । तर, एमालेभित्रको जुन प्रवृति र चरित्रसँग पैठेजोरी खेलेर उनले संर्घषको चित्र कोरेकी थिइन्, आज त्यही प्रवृत्तिसँग आफ्नै इतिहास बदल्दै आत्मसमर्पण गर्न पुगेकी छिन् । यो उनको असंगतिपूर्ण राजनीतिक मार्ग हो ।

प्रतिक्रिया दिनुहोस