माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’

सफल खबर संवाददाता

शुक्रबार, २१ कार्तिक २०८२, ११ : २८
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’

काठमाडौँ । नेतृ रामकुमारी झाँक्रीले नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाललाई सम्बोधन गर्दै आफ्नै बेइज्जत हुने कारवाही नगरको भए पनि हुने भन्दै प्रश्न गरेकी छिन्।

झाँक्रीले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै ‘आफ्नै बेइज्जती हुने कारवाही त नगरेको भए पनि हुने कमरेड ?’ भन्दै प्रश्न गरेकी छन् । पार्टी विघटन भएपछिको कारबाहीको कुनै अर्थ हुन्छ र ? झाँक्रीले नेपाललाई प्रश्न गरेकी छन् ।

उनले अन्तिम कर्मका लागि धन्यवाद भन्दै लेखेकी छन्, ‘जिन्दगीमा के लानु छ कमरेड ? समाज र देशको लागि जीवन/जवानी अर्पण गरेको व्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पसलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र ? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि। बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना छ । तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधैँ सम्झने छु।’

पार्टी एकताको दिन सहसंयोजक नेपालले झाँक्रीसहित ६ जना नेतालाई कारबाही गरेका थिए। कात्तिक १९ गते १० वाम घटकको एकता भएको थियो। एकतामा नजाने निर्णय गरेका झाँक्रीसहित ६ नेता कारबाहीमा परेका हुन्।

 

प्रतिक्रिया दिनुहोस