काठमाडौँ । तत्कालीन नेकपा एकीकृत समाजवादीबाट विद्रोह गरेर एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले विगत र वर्तमानलाई दाँजेर ट्रोल गरे पनि आफूलाई स्वीकार्य भएको बताएकी छन्।
राष्ट्रिय सभा गृहमा आयोजित एमाले फर्क अभियानमा सम्बोधन गर्दै नेतृ झाँक्रीले जनताको रक्षा गर्ने पार्टी एमाले भएको बताइन्।
‘मेरा तर्फबाट सयौँ क्यामेराहरू तेर्स्याएका छन्। तपाईँहरूले पक्कै मलाई विगत र आज दाँजेर ट्रोल गर्नुहुन्छ होला। तर, मलाई स्वीकार्य छ। फागुन २१ मा चुनाव भए पनि नभए पनि अब यस्तै सभाहरूमार्फत यस्तै सन्देशहरू जनताको बीचमा जानुपर्छ। अहिलेको अवस्थामा भरोसा र जनताको रक्षक नै एमाले हो,’ उनले भनिन्।
उनले चार वर्षअघिको परिस्थिति जे जस्तो भए पनि अहिले बिना सर्त एमालेमा फर्किएको बताइन्। ‘चार वर्षअघि अलग भएका थियौँ। तर, आज बिना सर्त एमालेमा फर्किएका छौँ। मसहित थुप्रै नेताहरू पनि फर्किएका छौँ,’ उनले भनिन्। उनले आफू एमालेमा फर्किँदा थुप्रै जिज्ञासाहरू उब्जिए पनि आगामी दिनमा यो समयलाई प्रमाणित गर्ने बताइन्।
‘इतिहासमा मेरो तर्फबाट जे भएको थियो। त्यो कालखण्डमा मेरो लागि त्यही कुरा ठिक लागेको थियो। तर, मबाट भएका कुराहरूको सजाय समयलाई दिन तयार छु। आजको दिनको कुरा गर्दा, हामी तिनै मान्छे हौँ। कम्युनिष्ट आन्दोलनमा मेरा अग्रजहरू पनि यहाँ हुनुहुन्छ। यो कम्युनिस्ट आन्दोलनको मात्र नभएर अन्य आन्दोलन र जनजीविकाका सवाल र देशलाई समृद्धितर्फ डोर्याउने पनि हो। जुन एमालेबाट मात्र सम्भव छ,’ उनले भनिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ कार्तिक २०८२, १८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
रामकुमारी झाँक्रीको असंगतिपूर्ण राजनीति
ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
एकीकृत समाजवादीसँगको अध्याय सकियो , ‘पज’ को अवस्थामा छौं : रामकुमारी झाँक्री
पत्रकार सम्मेलन गर्दै रामकुमारी झाँक्री, एमालेमा फर्किने तयारी
व्यक्तिको सङ्कट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ : रामकुमारी झाँक्री