काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले हाललाई पार्टी प्रवक्ता प्रदीप ज्ञवाली नै रहेको बताएका छन्।
सर्वोच्चको फैसला अनुसार एमाले जेठ २ मा फर्किएको अवस्थामा प्रचार विभाग प्रमुख रहेका भट्टराईले शनिबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकपछि यसो भनेका हुन्। भट्टराईले अहिलेको अवस्थामा आफू एमाले प्रचार विभाग प्रमुख र ज्ञवाली प्रवक्तामा यथावत रहेको पनि जानकारी दिए।
भट्टराईले अबको बैठकबाट प्रवक्तामा ज्ञवालीलाई निरन्तरता दिने वा आफ्नोबारे निर्णय गर्न सक्ने उनले जानकारी दिए।
भट्टराईले २०७५ जेठ २ अघि एमालेमा प्रवक्ता पद नरहेको पनि बताए। तर नेकपा खारेज भएर एमालेको बैठकमा आफूहरु सहभागी नभएको अवस्थामा प्रवक्ता पद सिर्जना गरेर ज्ञवालीलाई जिम्मेवारी तोकिएको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ भदौ २०७८, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन परिणामपछि एमालेमा आत्मसमीक्षाको आवश्यकता’ : प्रदीप ज्ञवाली
'कांग्रेस विशेष महाधिवेशनमा भदौ २४ को विध्वंशप्रति रहस्यमय मौनता देखियो' : प्रदीप ज्ञवाली
कांग्रेसको आन्तरिक विवादप्रति एमाले नेता प्रदीप ज्ञवालीले किन देखाए चासो ?
'एकताको प्रयासमा रहेकाहरूको विचार मिलेको हो कि स्वार्थ भन्ने संशय' : प्रदीप ज्ञवाली
प्रदीप ज्ञवालीको छुट्टै भेलाप्रति असन्तुष्टि, पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति आश्चर्य
प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी