संसदमा यस्तो सम्म देखियो घनश्याम, योगेशहरुको दुर्दशा....

सफल खबर संवाददाता

विहीबार, २४ भदौ २०७८, ०९ : ३४
संसदमा यस्तो सम्म देखियो घनश्याम, योगेशहरुको दुर्दशा....

काठमाडौं । लामो समय माधव नेपाललाई साथ दिएका तर अन्तिम निर्णायक घडीमा चटक्कै साथ छोडेका एमालेका दोस्रो धारका नेताहरुलाई अहिले एउटा आरोप लाग्ने गरेको छ । त्यो हो– ‘माधव नेपाललाई उचाल्नुसम्म उचाले र अन्तिममा धोका दिएर ओलीसँग आत्मसमर्पण गर्न पुगे ।’ यो मात्रै होइन, उनीहरुमाथी थप आरोप पनि लाग्ने गरेको छ, त्यो हो –माधव नेपाललाई ओलीले एमालेबाट निकाल्नै चाहेका थिए, त्यसैमा सहयोगी बनिदिए दोस्रो पुस्ताका माधव नेपाल समुहकै नेताहरु । जसले माधव नेपाललाई एमालेबाट निकाल्नमा ओलीले भन्दा बढी भूमिका खेलिदिए ।‘

यो आरोपको खण्डन मण्डन गर्न दोस्रो पुस्ताका नेताहरुले अझै सम्म सकेका छैनन् । सकुन पनि कसरी ? गत फागुन २३ मा सर्वोच्च अदालतले नेकपाको एकता बदर गर्दै एमाले र माओवादीलाई पूर्ववत अवस्थामा पुर्याईदिएपछि करिब राजनीति समाप्तीको बाटोमा पुग्दै गरेका एमाले अध्यक्ष केपी ओलीलाई राहत मिलेको थियो । यही सर्वोच्चको निर्णयले मात्र अहिले ओली अहंमले केही भएपनि हिड्न सकेका हुन् । नत्र उनी यतिबेला न पार्टी, न सत्ता दुवैबाट विमुख भएर ठिक माधव नेपालको अहिलेको बाटोमा ओली पुग्ने थिए । अर्थात उनी नयाँ पार्टी गठन तिर जानुपर्ने बाध्यता करिब बनिसकेको थियो ।

तर , सर्वोच्चले ओलीका लागि राहत दियो । त्यसपछि ओलीले ब्यूँतिएको एमालेभित्र माधव नेपाल समुहसँग त्यही नेकपाकालिन अन्तरसंर्घषको प्रतिसोध साँध्ने रणनीति लिए । माधव नेपाललगायत एमाले नेताहरुले पेरिसडाँडामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका नेताहरुसँग बिदाईका हात हल्लाउँदै एमालेमै रहने भन्दै फर्किदाँसम्म ओलीले नेपाल समुहलाई वास्तै गरिदिएनन् । ओलीले फागुन २८ मै आफु पक्षको मात्र नेताहरुको बैठक राखेर नेपाल समुहका नेताहरुको जिम्मेवारी खोस्ने देखि अनेक निर्णय लिए ।

माधव नेपालकै अगाडी उनीहरु माधव नेपालको पद कसरी खोस भन्न जान सक्नु ? नजाउ पार्टीको निर्देशन संसद अवरोध गर्नुे छ, जाउ माधव नेपालसँगकै दोस्ती र आफैसम्मको योजनामा हिजो त्यो खालको निर्णयका लागि आफु पनि एउटा हिस्सेदार आज कसरी माधव नेपाललाई कारवाही गर भन्नु ? निक्कै अप्ठ्यारो भावभुडग्रीमा घनश्याम, योगेशहरु संसदमा देखिएका थिए । महेश बस्नेत, नीरु पाल, खगराज अधिकारी, पदम गिरी, सूर्य पाठकलगायत ओलीका भित्रिया टिमका सांसदहरुले माधव नेपाललगायतका एकीकृत समाजवादीका १४ सांसदलाई गैह सांसदका रुपमा नारा लगाइरहँदा योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीम रावललगायत नेताहरु निक्कै अप्ठ्यारोमा देखिएका थिए 

माधव नेपाल पक्षका कुनै पनि नेतालाई बोलाउँदा सम्म नबोलाई एमाले केन्द्रीय कमिटि बैठकका नाममा ओलीले आफु अनुकुल हुने गरी सहज निर्णयहरु लिँदै गए । त्यसपछि नेपाल समुहले चैत ४ र ५ मा राष्ट्रिय भेला आयोजना गरे । त्यही बैठक हो, जँहा भीम रावलहरुले एमाले विभाजन गर्नु पर्ने र अलग पार्टी बनाउनु पर्ने भन्दै विधान सम्म बनाईसकेका थिए ।

त्यस्तै सुरेन्द्र पाण्डेहरुले यो बीचमा आफु निकटका विद्यार्थी र युवा संगठनका नेतालाई परिचालन गरेर नेकपा एकीकृत र नेकपा लोकतान्त्रिक गरी दुईवटा पार्टी निर्वाचन आयोगमा दर्ता गराउन पठाएका थिए । आफुहरुलाई एमालेमा रहँन अप्ठ्यारो भए अर्को दलबाट राजनीति गर्ने भन्दै पूर्व तयारीका साथ उनीहरुले आयोगमा दल दर्ता सम्म पनि गराउन पुगेका थिए । तर अन्तिम समयमा माधव नेपालले ओली प्रवृतिका विरुद्ध झण्डा निरन्तर उठाईरहदा नेपाल समुहमा रहेका दोस्रो पुस्ता भन्ने नेताहरु सबैले ओलीसँग आत्मसमर्पण गर्न पुगे ।

उनीहरुले ओलीसँग जुध्ने नीति लिएनन्, बरु माधव नेपाल सँग रहेर सहकार्य गरिरहेको सम्वन्ध तोडेर माधव नेपाललाई नै धोका दिएर ओलीसँग लहसिन पुगे । उचाल्ने सम्म माधव नेपाललाई उचाले र  अन्तिममा उनै नेपाललाई धोका दिएर ओलीसँग मिल्न पुगे । उनीहरुका लागि बुधबारको संसद बैठक निक्कै अप्ठ्यारो महसुस भईरहेको थियो । ओलीले माधव नेपालहरुले नयाँ पार्टी खोल्दा सम्म अझै माधव नेपालको खेदो खन्न छोडेका छैनन् । उनीहरुको सांसद पद खोस्नु पर्ने अनैतिक तर्क ओली पक्षले सदनमा गरिरहेको छ । सभामुखको अधिकार क्षेत्रको विषयलाई आफैले भने अनुकुल गरिदिनुपर्ने भन्दै एमालेले अहिले सभामुखमाथी प्रेसर बढाईरहेको छ । बुधबार संसदमा उसले त्यही रडाँको देखाएको छ ।

अधिवेशन शुरु भएकै दिन सभामुखमाथी नै अमर्यादित शैलीमा आरोपमा उत्रेर निरन्तर तीन पटक सम्म सदन अवरुद्ध गरिरहेको थियो । उनीहरुको एउटै माग थियो, माधव नेपालहरुलाई गैह सांसद घोषणा गर्नुपर्ने र संसद सदस्य पद खोस्नुपर्ने । माधव नेपालसँगै रहेर अन्तिमसम्म रहेर साथ छोडेका घनश्याम भुषाल, योगेश भट्टराई हरुका लागि बुधबारको संसद बैठक निक्कै अप्ठ्यारो अवस्थाको थियो । संसद भित्रको उनीहरुको भावभुडगी हेर्दा निक्कै ठिटलाग्दो अनुहार उनीहरुको देखिएको थियो ।

माधव नेपालकै अगाडी उनीहरु माधव नेपालको पद कसरी खोस भन्न जान सक्नु ?  नजाउ पार्टीको निर्देशन संसद अवरोध गर्नुे छ, जाउ माधव नेपालसँगकै दोस्ती र आफैसम्मको योजनामा हिजो त्यो खालको निर्णयका लागि आफु पनि एउटा हिस्सेदार आज कसरी माधव नेपाललाई कारवाही गर भन्नु ? निक्कै अप्ठ्यारो भावभुडग्रीमा घनश्याम, योगेशहरु संसदमा देखिएका थिए ।

महेश बस्नेत, नीरु पाल, खगराज अधिकारी, पदम गिरी, सूर्य पाठकलगायत ओलीका भित्रिया टिमका सांसदहरुले माधव नेपाललगायतका एकीकृत समाजवादीका १४ सांसदलाई गैह सांसदका रुपमा नारा लगाइरहँदा योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीम रावललगायत नेताहरु निक्कै अप्ठ्यारोमा देखिएका थिए । उनीहरुले एमालेले विरोध गरिरहदा र निरन्तर नाराबाजी गरिरहदा न टेबुल ठोके न नाराबाजी गरे  ।उनीहरू आफ्नो सिटबाट उठेर वेलसम्म भने गएका थिए । माधव नेपाल भने सत्तापक्षका लागि बनाईएको सिटमा बसेर उनै नेताहरुका गतिविधि नियालिरहेका देखिन्थे । 

के के भए संसदमा ?
एमालेको तेस्रो पटक सम्मको निरन्तर नाराबाजी र अवरोध पछि भने सभामुखले गृहमन्त्री बालकृष्ण खाँडलाई नाराबाजीकै बीचमा राजनीतिक दल सम्बन्धि अध्यादेश संसदमा टेवुल गर्न समय दिए । त्यसवेला संसदमा एक किसिमले घम्साघम्सी नै चलेको थियो । गंगा चौधरी सत्गौवाको प्रर्दशन त झन रोचक थियो । उनी रोष्टममै उक्लिन र खाँडलाई रोक्न तम्सिन खोजेकी थिइन । तर मर्यादापालकले उनलाई रोके । एमाले अवरोधका बीच  प्रतिनिधिसभा बैठक रोक्दै बोलाउँदै गरेर तेस्रो पटकमा गृहमन्त्री खाँडले अध्यादेश टेवुल गरेका थिए ।

दोस्रो बैठकमा मात्र ओली संसदमा
एमाले अध्यक्ष ओली भने दोस्रो बैठकमा मात्र संसद भवनमा पुगे । उनले आफना सांसदहरुले रोष्टममा उभिएर नाराबाजी गरिरहदा आफु भने आफ्नै सिटमा बसिरहेका थिए । बरु ओलीले त्यही बीचमा अर्को साइडमा बसेका प्रधानमन्त्री शेरवहादुर देउवासँग सम्झिप्त कुराकानी गरे । त्यसपछि भने उनी तेस्रो बैठकमा पनि देखा परेनन्, पहिलोमा पनि देखिएनन् ।

संसद बाहिर रामकुमारीसँग योगेश र गणेश पहाडीको फोटो शेसन
माधव नेपाललाई योगेश र गणेश पहाडीहरुले धोका दिएपनि अन्तिम सम्म रामकुमारी झाँक्रीले भने साथ दिए । उनले संसद बाहिर निस्केर संसदको हत्या गर्नेहरुले आफुहरुको सांसद पद खारेज गर्नुपर्ने भन्दै उठाएको आरोप नै अराजनीतिक रहेको बताएका थिए ।

त्यसपछि भने रामकुमारीसँग योगेश र गणेश पहाडीले फोटो सेसन सम्म पनि गरेका थिए । अब उहाँहरुले ओलीलाई सही देख्न थाल्नुभयो, हामी ओलीले सबै बिगारे भन्नेमै छौं, तर पनि सम्वन्ध एक खालको छदैछ, फोटो सेसनपछि रामकुमारीले पत्रकारहरुसँग भनेकी थिइन् ।