एजेन्सी । चीनले अफगानिस्तानलाई तत्कालका लागि ३ करोड १० लाख डलर बराबरको सहायता घोषणा गरेको छ । तालिवान समूहले अफगानिस्तानमा सरकार गठन गरे लगत्तै बेइजिङले यस्तो सहायता घोषणा गरेको हो ।
अफगानिस्तानका छिमेकी देशहरुको पहिलो वैठकमा सहभागी हुँदै चीनका विदेशमन्त्री वाङ यीले चीनले अफगानिस्तानलाई ३ करोड १० लाख बराबरको खाद्यन्न, लत्ताकपडा, खोप तथा औषधीलगायतको सहयोग गर्ने घोषणा गरेका हुन् ।
इस्लामावादमा आयोजित सो वैठकमा चीन, पाकिस्तान, इरान, ताजिकिस्तान, तुर्केमेनिस्तान, उज्बेकिस्तानका विदेशमन्त्रीहरुको सहभागीता थियो । यी सबै देश अफगानिस्तानका छिमेकी मुलुक हुन् । अफगानिस्तानप्रति सहानुभूती राख्ने अर्को छिमेकी मुलक रसिया भने वैठकमा सहभागी भएन् ।
विदेशमन्त्री वाङले पहिलो ब्याचमा चीनले अफगानिस्तानलाई ३० लाख कोभिड खोप अनुदान दिने बताए । चीनले अफगानिस्तानलाई अन्य आपतकालिन सामाग्री पनि उपलब्ध गराउने भएको छ ।
अफगानिस्तानको अर्थतन्त्र तथा समाज पुर्ननिर्माण र अतिवादी समूह तथा लागू पदार्थको गैरकानूनी ओसारपसार नियन्त्रण गर्न चीनले यस क्षेत्रका देशहरुसँग सहकार्य गर्ने जनाएको छ । तालिवान समूहले मंगलबार मुल्लाह मोहमद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठन गरेको थियो । सरकार गठनलाई चीनले स्वागत गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ भदौ २०७८, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट