काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटेको नभई चोइटिएको बताएका छन् ।
नेकपा एमाले कास्की जिल्ला कमिटिद्वारा आज पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अवसरवादीहरुले पार्टीलाई कमजोर बनाउन खोजे पनि पार्टी सङ्गठन बलियो भएर अघि बढ्ने बताए ।
निरन्तर मुलुक र जनताको पक्षमा काम गर्दै आएको एमालेले आगामी निर्वाचनमा एक्लै लडेर स्पष्ट बहुमत ल्याउने विश्वास व्यक्त गर्दै उहाँले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई अघि बढाउन भ्रम र अलमलमा नपर्न कार्यकर्तालाई अनुरोध गरे ।
कास्कीमा जस्तै नेकपा एमालेको सङ्गठनलाई देशव्यापी एकताबद्ध बनाउनुपर्ने बताउँदै उहाँले जनताका हर समस्यामा सहयोग गर्ने गरी पार्टीको समाजसेवी दस्ता तयार गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार पार्टीको आन्तरिक सहयोग जुटाएर जनताको आवश्यकतानुसार काम गर्ने दस्ताको मुख्य लक्ष्य रहनेछ ।
पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले आन्तरिक सङ्घर्ष पार्टी फुटाउनका लागि नभई सुदृढीकरणका लागि हुने विश्वास व्यक्त गर्दै कार्यकर्तालाई सङ्गठित भएर पार्टी निर्माणमा जुटन आग्रह गरे ।
कास्की जिल्ला कमिटीका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दामोदर बैरागीलगायतले पार्टीको गतिविधिमाथि प्रकाश पारेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २२ भदौ २०७८, २१ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान