पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षौं पुरानो पार्टी कांग्रेसले एमालेसँग चुनाव लड्न आँट नगरिरहेको भए पनि भर्खरैको माधव नेपालको पार्टीले आफूहरूसँग मुकाबिला गर्ने सपना देखेको भन्दै व्यंग्य गरेका छन् ।
मंगलबार पोखरामा आयोजित एमाले भेलालाई सम्बोधन गर्दै ओलीले चुनौती दिए, ‘कांग्रेस हामीसँग लड्न आँट गरिरहेको छैन, माधव नेपालको पिउसो उम्रिन पाएको छैन, एमालेसँग मुकाबिला गर्ने सपना देख्छ ।’
ओलीले एमाले सरकार र एमालेविरुद्ध पासो थाप्ने काम भएको र त्यसको अगुवाइ माधव नेपालले गरेको आरोप लगाए। ‘विभिन्न खालका काम भए नेकपा एमालेको सरकार ढाल्न लागि,’ उनले भने, ‘यस देशमा लोकतन्त्र राम्रोसँग चल्न नदिनको लागि एमालेविरुद्ध चारैतिरबाट पासो थाप्ने काम भयो । त्यसको अगुवाइ माधव नेपाल भन्ने एकजना व्यक्तिले आगडि-आगडि हिँडेर गरे।’
उनले प्रदेश-प्रदेश सरकार ढाल्न माधव नेपाल लागेको पनि आरोप लगाए । ओलीको थप टिप्पणी छ, ‘माधव नेपाल ब्रिगेकामात्रै होइन, पतन भइसके । माधव नेपालबिनाको एमाले अब राम्ररी अगाडि बढ्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ भदौ २०७८, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप