काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको पक्षमा बोल्न नसक्ने वर्तमान सरकारलाई छिटो बिदा गर्नुपर्ने बताएका छन् ।
आज युवा संघको भेलालाई सम्बोधन गर्दै ओलीले यो सरकार शाश्वत नभएको र बलजफ्ती थोपरिएको भर्याङमुनिको पाहुना सरकारु भन्दै यसलाई नेपाली जनताले सकेसम्म छिटो बिदा गर्नुपर्नेमा जोड दिए ।
यो सरकार अवैध सम्बन्धहरूको परिणाम हो । यसलाई नेपाली जनताले सकेसम्म छिटो बिदा गर्नुपर्छ । छिटै बिदा गर्न सकिँदैन भने पनि हतारिनुपर्ने केही छैन । २०७९ को मंसिरमा चुनाव गराउनै पर्छ । अब १४ महिना रह्यो । १५ महिनामा यो सरकार खोजेर पनि कसैले भेट्न सक्दैन । तपाईंहरू सुत्नुभयो भने यस्ता सरकार बनिरहन्छन् । तपाईंहरू उठ्नुभयो भने यस्तो सरकार बिदा हुन्छ । देशभक्त, गरिवीविरुद्ध लड्ने सरकार बन्छु, उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ भदौ २०७८, १८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप