काठमाडौं । अविरल वर्षाका कारण काठमाडौंका तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।
गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।
गए रातिदेखि परेको पानीले कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ। महानगरीय प्रहरी कार्यालयकाका अनुसार बागमती नदी, विष्णुमती नदीलगायत नदीका किनारा क्षेत्रका बस्ती डुबानमा परेको र मानिसहरू उद्धार गरिएको बताए।
राति साढे २ बजेदेखि पानी बिहान ६ बजे सम्म पर्दा त्रिभुवन विमानस्थलमा १०५ मिलिमिटर वर्षा मापन भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ भदौ २०७८, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध
यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
वर्षाले नौ राजमार्ग अवरुद्ध
भारतमा भीषण वर्षा, दिल्लीसहित धेरै ठाउँ जलमग्न
बितेको २४ घण्टामा यी स्थानमा भयो भारी वर्षा