काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । यससँगै प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ ।
आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारा लामा तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसअघि १० जनाले एकीकृत समाजवादी रोजेको थिए ।
५३ सदस्यीय प्रदेशसभामा सबभन्दा ठूलो दल एमालेका सभामुखसहित २५ सांसद थिए । १३ जनाले एकीकृत समाजवादी रोजेपछि माधवकुमार नेपाल नेतृत्वको दल एमालेभन्दा ठूलो र माओवादी केन्द्र बराबर भएको छ । दुबै दलको १३ सांसद छन् ।
माओवादी केन्द्रका १४ सांसद थिए । एमाले प्रवेश गरेका कारण झपड बोहोरा पदमुक्त भए । नेपाली कांग्रेसका १२ सांसद छन् भने जनता समाजवादी पार्टीका २ र एक स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० भदौ २०७८, १७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ट्राफिक प्रहरीले तिरायो ५ सय जरिवाना
अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउनुपर्नेमा मुख्यमन्त्री शाहको जोड
सुदूरपश्चिमका सर्प दंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा