काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । यससँगै प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ ।
आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारा लामा तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसअघि १० जनाले एकीकृत समाजवादी रोजेको थिए ।
५३ सदस्यीय प्रदेशसभामा सबभन्दा ठूलो दल एमालेका सभामुखसहित २५ सांसद थिए । १३ जनाले एकीकृत समाजवादी रोजेपछि माधवकुमार नेपाल नेतृत्वको दल एमालेभन्दा ठूलो र माओवादी केन्द्र बराबर भएको छ । दुबै दलको १३ सांसद छन् ।
माओवादी केन्द्रका १४ सांसद थिए । एमाले प्रवेश गरेका कारण झपड बोहोरा पदमुक्त भए । नेपाली कांग्रेसका १२ सांसद छन् भने जनता समाजवादी पार्टीका २ र एक स्वतन्त्र सांसद छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० भदौ २०७८, १७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
आर्थिक सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो
उत्तराखण्डका तीन विभागीयमन्त्रीसँग सुदूरपश्चिमका मुख्यमन्त्रीको भेटवार्ता
सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा
सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन