कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।
धनगढीमा आज आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’ को उद्घाटन गर्दै उनले नागरिकको जीउधनको सुरक्षा र राज्यको सुरक्षा गर्ने जिम्मेवारी सरकार, सुरक्षा निकाय, अदालत तथा सञ्चार क्षेत्र सबैको साझा दायित्व भएको बताए ।
“राज्यका सम्पूर्ण निकाय एक अर्काका परिपूरक हुन्,” मुख्यमन्त्री शाहले भने, “सबै निकायबीच समन्वय र सहकार्य भए मात्रै प्रभावकारी नतिजा हासिल गर्न सकिन्छ ।”
उनले जनताको सुरक्षालाई केन्द्रमा राखेर काम गर्न सकेमा राज्यप्रति नागरिकको विश्वास बढ्ने बताए। अनुसन्धान प्रणालीलाई प्रभावकारी, व्यावसायिक र नतिजामुखी बनाउनुपर्नेमा मुख्यमन्त्री शाहको जोड थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १३ असार २०८३, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘अहिलेसम्मका परिवर्तनकारी आन्दोलनमा युवाको उल्लेखनीय योगदान छ’: मुख्यमन्त्री शाह
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेटवार्ता
‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्त्वपूर्ण भूमिका रहन्छ’ : मुख्यमन्त्री शाह
‘वन अधिकृतसँग पाँच लाख घुस मागेको कुरा झुटो हो, दोषी भए कारबाही भोग्न तयार छु’ : मुख्यमन्त्री शाह
नेकपाले माग्यो मुख्यमन्त्री शाहको राजीनामा
मुख्यमन्त्री शाह र गभर्नर पौडेलबीच भेटघाट, सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनबारे छलफल