काठमाडौं । नेपाली काँग्रेस पाल्पाको आज हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ । निर्वाचन अधिकृत आउन ढिलाइ भएको र क्रियाशील सदस्यता छुटेका केही स्थानीय तहले वडा अधिवेशन गर्न नसकिने जनाएपछि स्थगित गरिएको हो ।
नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापति वीरबहादुर रानाले निर्वाचन अधिकृतको कार्यव्यतस्तता र केही वडाका क्रियाशील सदस्यको नाम छुटेपछि रोकिएको बताए । शनिवार पार्टीको बैठक बसेर अधिवेशनको नयाँ मिति तोकिने उनले बताए ।
पाल्पामा क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेको छ । जिल्लामा ४ हजार ७ सय र नयाँ ४ हजार ४ सय ५८ गरी ९ हजार १ सय ५८ जना क्रियाशील सदस्य रहेको पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ भदौ २०७८, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी
आतंकवादको विरोधमा हुने कारबाही जायज: कांग्रेस
राजेन्द्र लिङ्देनको भनाइमा कांग्रेसको आपत्ति
प्रधानमन्त्रीले कार्यशैली बदल्नुपर्छ: पूर्णबहादुर खड्का
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा