काठमाडौं । झापामा ८ महिनाकी छोरीसहित दम्पतीले आत्महत्या गरेका छन् । कन्काई नगरपालिका–१ का ४० वर्षीय रविन विश्वकर्मा, पत्नी २९ वर्षीय मुना विक र छोरी रुविनाले झुन्डिएर आत्महत्या गरेको झापाका एसपी सानुराम भट्टराईले बताए ।
घरभित्र चुकुल लगाएर नाइलनको डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा उनीहरुको शव फेला परेको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ ।
रविनलाई केही दिनअघि कोरोना भाइरस संक्रमण भएको थियो । छिमेकीका अनुसार पत्नी मुनालाई पनि संक्रमण पुष्टि भएको थियो । रविनले ‘विदेश पठाउँछु’ भनेर गाउँमा धेरै जनासँग पैसा लिएको र दिनहुँ पैसा माग्ने मान्छे घरमा आउन थालेपछि पारिवारिक तनाव सिर्जना भएको बताइएको छ ।
‘घटनाको कारण खोज्दै छौं’ एसपी सानुराम भट्टराईले भने–‘छोरी र श्रीमती एउटा डोरीमा र रविन अर्को डोरीमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ भदौ २०७८, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले गरे आत्महत्या
सशस्त्रका जवानद्वारा हिरासतभित्रै आत्महत्या
लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै युवतीद्वारा आत्महत्याको प्रयास