सिन्धुली । साँघुरो सडक, त्यही सडकको भित्तामा सेती देवीको मन्दिर । मन्दिर वरपर हजारौंको सङ्ख्यामा ऐना । बीपी राजमार्ग हुँदै यात्रा गर्ने जोकोही व्यक्तिले पनि यतिखेर सुनकोशी गाँउपालिका–५ रिठ्ठेभीरमा यही दृश्य देख्न पाउँछन् । बीपी राजमार्गमा ठूलाठूला दुर्घटना हुन थालेपछि उक्त दुर्घटनालाई टार्न भन्दै यात्रुहरुले उक्त देवीको नाममा यसरी ऐना चढाउन थालेका स्थानीयको भनाई छ ।
२०६८ सालमा सोही ठाउँमा चार वटा सवारी दुर्घटना भएका थिए । वैशाख र असोजमा रिठ्ठेभीरमा भएका दुई वटा सवारी दुर्घटना अहिले पनि सम्झँदा जिउ नै सिरिङ्ग हुने स्थानीय बासिन्दा बताउँछन् । ऐना संरक्षण गर्न बस्नु भएका स्थानीय डम्बर हायुका अनुसार बीपी राजमार्ग निर्माणका क्रममा बनाइएको ट्रयाक सडकमा २०६८ साल वैशाख २० गते यात्रुबस रिट्ठेभीरबाट सुनकोसी नदीमा खस्दा १३ जनाको घटनास्थलमै ज्यान गएको थियो । यस्तै सोही वर्षको असोज २६ गते दशै मनाएर काठमाडौ फर्कदै गरेका यात्रु बोकेको बस सोही ठाउँबाट सुनकोशी नदीमा खस्दा ४१ जनाले घटनास्थल मै ज्यान गुमाए ।
त्यसपछि त्यस स्थानमा रहेको सेती देवी रिसाएर दुर्घट्ना बढेको भन्दै उक्त देवीलाई खुशी बनाउन ऐना चढाउन सुरु गरिएको हो । ‘सेती देवीलाई खुशी पार्दा यात्रा सफल हुने र दुर्घट्ना टर्ने विश्वास छ । त्यहि विश्वासमा सेती देवीलाई सिङ्गारका सामान ऐना चढाइएको हो,’ उनले भने, ‘हाल पाँच हजारभन्दा बढी ऐना बीपी राजमार्गको भित्ताभरि छ ।’
राजमार्ग बन्नु पहिले सेती देवीको मन्दिर राजमार्गभन्दा तल सुनकोसी नदीको किनारमा मानिस हिँड्ने गोरेटो बाटोको भित्तामा थियो । पछि राजमार्ग मन्दिरभन्दा माथिबाट बनेपछि सवारी साधनमा हिंड्ने यात्रुले आफूलाई कुल्चेको भन्दै देवी रिसाएपछि दुर्घटना बढेको जनविश्वास रहेको उनले सुनाए ।
राजमार्ग निर्माणकै क्रममा ठूला ठूला सवारी दुर्घट्ना भएपछि सडक निर्माण कम्पनी हाज्माले नै उक्त मन्दिर बीपी राजमार्गको भित्तामा बनाइदिएपछि ऐना चढाउन सुरु गरिएको स्थानीयको भनाइ छ । सेती देवीका नाममा उक्त मन्दिरमा बा २ ख ८८२५ नम्बरको गाडीले सबैभन्दा पहिला ऐना चढाएको र त्यहींबाट ऐना चढाउन सुरु भएको उक्त वडाका अध्यक्ष सन्तोष दाहाल बताउछन् । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०५ भदौ २०७८, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
ट्रकमा स्कार्पियो ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु