स्थायी कमिटी बैठकमै ओलीसँग वामदेवले आगो ओकले

पत्रपत्रिकाबाट

मंगलबार, २६ साउन २०७८, ०७ : ३७
स्थायी कमिटी बैठकमै ओलीसँग वामदेवले आगो ओकले

काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतम सोमबार पार्टी स्थायी कमिटी बैठकमा सहभागी भए । बैठकमा बोल्दै उनी अध्यक्ष केपी शर्मा ओली प्रति कडा रुपमा प्रस्तुत भए ।

 स्थायी समितिको बैठकमा ओलीविरुद्ध कडा रूपमा प्रस्तुत भएसँगै बैठकमा सन्नाटा छाएको थियो । गौतम आफ्नो भनाइ राखेर केन्द्रीय समिति बैठकमा सहभागी नभइ हिँडेका थिए । 

गौतमले भने – विधान संशोधन प्रस्तावमा ‘अध्यक्षका यी अधिकारहरू’ भन्ने शीर्षकमा केही अधिकार थप्नुपर्ने देखियो । जसअन्तर्गत ‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ’ र ‘पार्टी अनुशासनात्मक कारबाही’ शीर्षकअन्तर्गत पनि केही बुँदा थप्नुपर्ने देखिन्छ ।

– पार्टी अनुशासन उल्लंघन गर्नेहरूमध्ये प्रकृति हेरेर कतिलाई अपराधी भन्न सकिनेछ, कतिलाई गद्दार भन्न सकिनेछ र कतिलाई देशद्रोही पनि भन्न सकिनेछ भन्ने प्रस्ताव पनि थपौं ।

– अहिले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्यक्ष केपी ओलीले माधव नेपाललाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही पनि भन्नुभयो । अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा स्पष्ट रूपमा व्यवस्था गर्नुप¥यो । बोल्नुहुँदैन भने किन बोल्नुभयो ? यस्तो मनपरी गर्न पाइँदैन ।

– पार्टीमा कसैले गल्ती ग¥यो भने राजनीतिक कारबाही गर्ने गरिएको छ । तर, अध्यक्षले नै गल्ती गर्दा कारबाही हुने कि नहुने ? राजधानीमा खबर छ

प्रतिक्रिया दिनुहोस