चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०७७/०७८को वार्षिक समिक्षा बैठक सम्पन गरेको छ । गत आर्थिक वर्षमा महानगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समिक्षा गरी असल अभ्यासहरूलाई यस आर्थिक वर्षमा प्रभावकारी ढंगले काम अगाडि बढाउन सहयोग पुग्ने महानगरपालिकाले बताएको छ । महानगर परिसरमा सम्पन्न समिक्षा कार्यक्रममा २९ वडाका सचिवहरूले गत आर्थिक बर्षमा भएका सम्पूर्ण कामहरूको प्रगति,चुनौती र सम्भावनाका बिषयमा प्रस्तुती राखेका थिए।
उक्त अवसरमा महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूले महाशाखाहरूले गरेका गतिविधिहरु प्रस्तुत गरेका थिए । योजनाहरूको छनोट समयमै मुल्याङकन र अनुगमनका साथै भूक्तानी प्रक्रियालाई सरल बनाउँने र आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्दै बरूजु न्यूनिकरण गर्दै लैजाने समिक्षा बैठकमा छलफल भएको थियो ।सो अवसरमा राजस्व असुलि, करका दर र दायराहरूको विस्तार र विकासकासाथै सामाजिक सुरक्षा र सुशासन प्रबाह गर्न भुमिका खेल्ने बताईएको छ ।
वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समग्रमा आर्थिक बर्ष ०७७/०७८ उपलब्धीमूलक रहेको भन्दै चालु आर्थिक वर्षमा गत आर्थिक वर्षमा गर्न नसकिएका समग्र विकास निर्माण तथा सेवाप्रबाहलाई प्रभावकारी ढंगले अगाडि बढाउन सम्पूर्ण कर्मचारीहरूलाई निर्देशन समेत दिएकी थिईन । प्रमुख दाहालले जिम्मेवार भई सेवा प्रबाह र शुसासन कार्र्य गर्न आग्रह गर्दै दैनिक परिणाम देखिने गरी काम अगाडी बढाउन आग्रह गरेकी छिन् ।प्रमुख दाहालले आफू र जन प्रतिनिधीहरूले हर तवरको सहयोग पुराउने बताउँदै उच्च मनोवलकासाथ कार्य सम्पादनमा लाग्न आग्रह गरेकी थिईन् । वितेको ४ वर्षमा आफूले समग्र भरतपुरको विकासका लागि उल्लेख्निय कामहरू गरेको बताउँदै केही बॉकी रहेका योजनाहरू पनि यस आर्थिक वर्षमा अगाडी बढ्ने बताईन् ।
कार्यक्रममा उप प्रमुख पार्बती शाह ठकुरीले व्यवस्थित ढंगले योजना बनाएर परिणाम देखिने गरी काम अगाडि बढाउन सबैको जोड हुन पर्ने बताईन् । सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले प्रगति समिक्षा समग्रमा उत्साहजनक रहेको भन्दै योजन बद्द ढंगले चालु आर्थिक वर्षका गतिबिधीहरू अगाडी बढाएर काम गर्न कर्मचारीहरूलाई आग्रह गरेकी थिईन ।
वार्षिक समिक्षा बैठकमा वडा अध्यक्षहरूका साथै शाखा, महाशाखाका कर्मचारीहरूले विषयगत समिक्षा,समस्या र समाधानका विषयहरु प्रस्तुत गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ साउन २०७८, १७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना