काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जापानको हिरोसिमामा आणविक बम विस्फोटको ७६ औं वर्षगाँठमा विश्व शान्तिको कामना गरेका छन् ।ट्वीटरमार्फत ओलीले हजारौं मानिसको ज्यान जाने गरी भएको उक्त घटनाको स्मरण गर्दै त्यस्तो दुःखद इतिहास दोहोरिन नदिन समेत आग्रह गरेका छन् ।
उनले हिरासिमाको घटनालाई दोहोरिन नदिन विश्व शक्तिहरुले पहल गर्नुपर्ने र यसलाई नारामा मात्र सीमित राख्न नहुने जनाएका छन् । उक्त अमानवीय घटनालाई स्मरण गर्दै उनले पीडितप्रति गहिरो सहानुभूति पनि व्यक्त गरेका छन् ।
दोस्रो विश्वयुद्धको बेला जापानलाई आत्मसमर्पण गर्न बाध्य पार्न सन् १९४५ को अगस्ट ६ मा हिरोसिमामा अमेरिकाले परमाणु बम खसालेको थियो । यसको तीन दिनपछि अमेरिकाले अर्को जापानी सहर नागासिकीमा अर्को बम खसालेको थियो ।
हिरोसिमामा ७६ औं वर्षगाँठको अवसरमा आयोजित समारोहमा सहरका मेयर काजुमी मात्सुईले आणविक हतियारको मोह त्याग्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ साउन २०७८, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप