प्रभु बैंकले ल्यायो मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने सुविधा

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, १८ : ४७
प्रभु बैंकले ल्यायो मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने सुविधा

काठमाडौं । प्रभु बैंकले ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै श–शरिर भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यतालाई अन्त्य गर्दै अब मेशिन Cash Recycle Machine (CRM) बाट आफुले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । मेशिन (Cash Recycle Machine) बाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको छ । 

मेशिन (Cash Recycle Machine) बाट बैंक खाताा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफुले रकम जम्मा गर्न चाहेको बैंक खाता नं. टाइप गर्ना साथै उक्त मेशिनमा रकम जम्मा-राख्ने बक्स खुल्छ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखे पछि तत्कालै (Real Time)उल्लेखित खातामा रकम जम्मा हुन्छ र सो को रिसिप्ट÷भौचर प्रिन्ट हुन्छ । साथै, उक्त मेशिनबाट डेबिट÷क्रेडिट कार्डको माध्यमबाट समेत आफुले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको छ । प्रभु बैंक लि. बाट सञ्चालनमा ल्र्याईएको मेशिनबाट रकम जम्मा गर्ने सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरुको लागि मात्र उपलब्ध हुनेछ । नेप्स (Nepal Electronic Payment System) सँग आवश्यक सहकार्य गरी प्रभु बैंक बाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यबस्था मिलाईनेछ । 

प्रभु बैंकले औपचारिक रुपमा आज देखि सञ्चालनमा ल्याएको मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न मिल्ने सुविधा उपभोग गरी रकम जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै जानु पर्ने बाध्यता हट्नेछ । यसबाट ग्राहक महानुभावहरुको समयको बचत हुनेछ, बैंकको नगद काउण्टरमा उपस्थित भई अनावश्यक भिडभाडबाट उन्मुक्ति मिल्ने हुँदा बैंकका सम्पूर्ण ग्राहकहरुले यो सेवा उपभोग गर्री लाभ लिने  बैंकले विश्वास लिएको छ ।