काठमाडौँ । प्रभु बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुमन शर्मालाई सुम्पिएको छ। बैंकको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकिङ तथा वित्तीय क्षेत्रमा करिब ढाई दशकको अनुभव बोकेका शर्मा यसअघि विभिन्न वाणिज्य बैंकमा नेतृत्वदायी भूमिकामा कार्यरत रहँदै आएका छन्। उनले सनराइज बैंक र माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गरिसकेका छन् भने ग्लोबल आइएमई बैंक, एनएमबी बैंकलगायत संस्थामा पनि काम गरेको पृष्ठभूमि छ।
बैंकका अघिल्लो प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले पदबाट अलग हुने निर्णय गरेपछि सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गर्दै नयाँ नेतृत्वका रूपमा शर्मालाई चयन गरेको हो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० माघ २०८२, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रभु बैंकको सीईओबाट शेरचनले दिए राजीनामा
प्रभु बैंकका सञ्चालक श्रेष्ठले दिए राजीनामा
प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ
फ्रन्टलाइन अस्पताल र प्रभु बैंकबिच विशेष छुट सम्झौता
चितवनको दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबीच कर्जा प्रवाह सम्झौता