प्रभु बैंकको सीईओबाट शेरचनले दिए राजीनामा

सफल खबर संवाददाता

मंगलबार, २० माघ २०८२, ११ : ५५
प्रभु बैंकको सीईओबाट शेरचनले दिए राजीनामा

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अशोक शेरचनले राजीनामा दिएका छन् । शेरचनको निलम्बन सञ्चालक समितिले फुकुवा गरेपछि उनले आइतबार राजीनामा दिएका हुन् ।

यसअघि बैंकिङ कसुरको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शेरचनलगायत पक्राउ गरेपछि उनलाई सञ्चालक समितिले निलम्बन गरेको थियो । तर, विशेष सरकारी वकिलको कार्यालयले उनलाई प्रमाण नपुग्ने भन्दै हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको थियो ।

त्यसअघि प्रहरीले बयान नसकिएको बहानामा पटकपटक म्याद थप गर्न पेस गरेपछि उच्च अदालत, पाटनले बयान प्रक्रिया पाँच दिनभित्र सक्न भन्दै उनलाई अन्तिम पटकका लागि म्याद थप गरेको थियो । उच्च अदालतको आदेशबमोजिम त्यो म्याद पनि सकिएपछि विशेष सरकारी वकिल कार्यालयले निर्णय गरी उनलाई हाजिर जहानीमा रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस