काठमाडौँ । नेकपा एमाले माधव नेपाल समूहको केन्द्रीय बैठक सकिएपछि स्थायी समितिको बैठकले चार बुँदे निष्कर्ष निकालेको छ । चार बुँदे निष्कर्षलाई आधार मान्ने हो भने माधव नेपाल पार्टी एकतामा लचक देखिएको छ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जति गाली गरे पनि आफु पार्टी एकता कटिबद्ध रहेको बताए। सो समूहको शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी एकता प्रक्रिया चलिरहेको र १० बुँदे सहमति भएको अवस्थामा पनि अध्यक्ष ओलीले आफ्नो समूहमाथि गालीगलौज गर्ने गरेको भन्दै ओलीले जति गाली गरेपनि आफुले पार्टी एकता होस् भन्ने चाहेको बताएका हुन् ।
यसबाट प्रष्ट हुन्छ पछिल्लो समय माधव नेपाल पार्टी एकतामा जोड दिइरहेका छन् । पार्टी एकता नै चाहने हो भने ओली समूहले माधव नेपाल समूहलाई पेलेर जाने निष्कर्षबाट माथि उठ्नुपर्छ । ‘माधव नेपालको लचक बोलीलाई आत्मसाथ गर्दै ओली समूहले पार्टी एकीकरणलाई चाँडै निष्कर्ष पु-याउनुपर्छ’ न्यूटल पक्षमा देखिएका एक नेताले भने, ‘माधव नेपाल पक्ष सरकारमा जाँदैन, पार्टी एकतामा रहेको छ, यसले पार्टीलाई फाइदा गर्छ । पार्टी मिल्नुको विकल्प छैन ।’
केपी ओलीले मलाई जति नै गालि गरेपनि अहिले पनि म पार्टी एकता होस भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ’ माधव नेपालका यो भनाइ नै पार्टी एकतामा काफी छ । ‘आफ्नो मनोबल उत्साहलाई कायम राख्दै एकताको प्रयत्न गरौ भन्दै एकताको प्रयत्न चलिरहेका बेलामा हामीले एकतामै जोड दिनुपर्छ’ ती नेताले भने, ‘माधव नेपालको लचक बोली नै पार्टी एकतामा कटिबद्ध देखिएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ साउन २०७८, १७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड