काठमाडौँ । नेकपा एमाले माधव नेपाल समूहको केन्द्रीय बैठक सकिएपछि स्थायी समितिको बैठकले चार बुँदे निष्कर्ष निकालेको छ । चार बुँदे निष्कर्षलाई आधार मान्ने हो भने माधव नेपाल पार्टी एकतामा लचक देखिएको छ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जति गाली गरे पनि आफु पार्टी एकता कटिबद्ध रहेको बताए। सो समूहको शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी एकता प्रक्रिया चलिरहेको र १० बुँदे सहमति भएको अवस्थामा पनि अध्यक्ष ओलीले आफ्नो समूहमाथि गालीगलौज गर्ने गरेको भन्दै ओलीले जति गाली गरेपनि आफुले पार्टी एकता होस् भन्ने चाहेको बताएका हुन् ।
यसबाट प्रष्ट हुन्छ पछिल्लो समय माधव नेपाल पार्टी एकतामा जोड दिइरहेका छन् । पार्टी एकता नै चाहने हो भने ओली समूहले माधव नेपाल समूहलाई पेलेर जाने निष्कर्षबाट माथि उठ्नुपर्छ । ‘माधव नेपालको लचक बोलीलाई आत्मसाथ गर्दै ओली समूहले पार्टी एकीकरणलाई चाँडै निष्कर्ष पु-याउनुपर्छ’ न्यूटल पक्षमा देखिएका एक नेताले भने, ‘माधव नेपाल पक्ष सरकारमा जाँदैन, पार्टी एकतामा रहेको छ, यसले पार्टीलाई फाइदा गर्छ । पार्टी मिल्नुको विकल्प छैन ।’
केपी ओलीले मलाई जति नै गालि गरेपनि अहिले पनि म पार्टी एकता होस भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ’ माधव नेपालका यो भनाइ नै पार्टी एकतामा काफी छ । ‘आफ्नो मनोबल उत्साहलाई कायम राख्दै एकताको प्रयत्न गरौ भन्दै एकताको प्रयत्न चलिरहेका बेलामा हामीले एकतामै जोड दिनुपर्छ’ ती नेताले भने, ‘माधव नेपालको लचक बोली नै पार्टी एकतामा कटिबद्ध देखिएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ साउन २०७८, १७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल