काठमाडौँ । नयाँ बसपार्कबाट तीन जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।
बुधबार साँझ नयाँ बसपार्कस्थित बिजी महल अगाडि महारान्जगन्ज चेकप्वाईन्ट राखी चेकजाँच गर्ने क्रममा ३ जना सवार स्कुटर रोक्न खोज्दा स्कुटर नै छोडेर भाग्ने तीन जनालाई फलो गर्दै जाँदा नियन्त्रणमा लिएर खनतलासी गर्दा पेस्तोल भेटिएको प्रहरीको भनाइ छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बसपार्ककै आरके रेष्टुरेन्टमा प्रवेश गरेका उनीहरुलाई नियन्त्रणमा लिई खानतलासी गर्दा धादिङका विकेश मगरको साथबाट पेस्तोल बरामद भएको हो ।
यस्तै त्यसमा लाग्ने गोली ५ राउण्ड, खुकुरी र थोरै मात्रामा गाँजा पनि फेला परेको छ । पक्राउ पर्नेमा विकेश मगरसहित धादिङकै मन्दिप थापा र सुजन मगर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० साउन २०७८, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ