काठमाडौँ । नयाँ बसपार्कबाट तीन जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।
बुधबार साँझ नयाँ बसपार्कस्थित बिजी महल अगाडि महारान्जगन्ज चेकप्वाईन्ट राखी चेकजाँच गर्ने क्रममा ३ जना सवार स्कुटर रोक्न खोज्दा स्कुटर नै छोडेर भाग्ने तीन जनालाई फलो गर्दै जाँदा नियन्त्रणमा लिएर खनतलासी गर्दा पेस्तोल भेटिएको प्रहरीको भनाइ छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बसपार्ककै आरके रेष्टुरेन्टमा प्रवेश गरेका उनीहरुलाई नियन्त्रणमा लिई खानतलासी गर्दा धादिङका विकेश मगरको साथबाट पेस्तोल बरामद भएको हो ।
यस्तै त्यसमा लाग्ने गोली ५ राउण्ड, खुकुरी र थोरै मात्रामा गाँजा पनि फेला परेको छ । पक्राउ पर्नेमा विकेश मगरसहित धादिङकै मन्दिप थापा र सुजन मगर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० साउन २०७८, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य झगडामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने तीन जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
भारु १५ लाखसहित एक जना पक्राउ