मकवानपुर । मनहरी गाउँपालिका-८ सिमपानीस्थित सडकमा बीआरई २८३९ नम्बरको भारतीय ट्रकमा लुकाई ल्याएको १ सय २७ किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ट्रक चालक भारत बैशाल बस्ने ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारत समस्तिपुर बस्ने १८ वर्षीय किशोर, ट्रकमा सवार पर्सा वीरगंज महानगरपालिका-९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अंसारी रहेका छन् ।
उक्त ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्दा ट्रकको पछाडी ढालामा फल्स बटम बनाई लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० साउन २०७८, १७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा मानव बेचबिखनको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ
चितवनमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जना पक्राउ
७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको कसुरमा एकजना पक्राउ
क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा भरतपुरबाट एकजना पक्राउ
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ