काठमाडौँ । त्रिभुवन विश्वविद्यालय एक सातादेखि आंशिक प्राध्यापकको तालाबन्दीले प्रभावित बनेको छ । उपकुलपति, रजिष्ट्रार, रेक्टरसहित सेवा आयोगको कार्यालयमा लगाइएको तालाका कारण लगभग विश्वविद्यालयका शैक्षिक, प्रशासनिक गतिविधि ठप्प छ ।
यी निकायमा लगाइएको तालाले करिब २ दर्जन कार्यालयका कामकाज रोकिएको हो । आंशिक प्राध्यापकहरु नै आन्दोलनमा सहभागी भएकाले ६० भन्दा बढि आंगिक क्याम्पसको अनलाइन पठनपाठन पनि असर पुगेको छ । त्रिविको पाठ्यक्रम विकास केन्द्रले समकक्षताको प्रमाणपत्र वितरण गर्न नपाउँदा सेवा लिन आउने विद्यार्थीहरु रित्तो हात फर्कन बाध्य बनेका छन् । केन्द्रमा दैनिक ३० विद्यार्थी सेवा लिन आउँछन् ।
गत शुक्रबारदेखि आंशिक प्राध्यापकले करार हुनुपर्ने माग राख्दै त्रिविका महत्वपूर्ण निकायहरुमा ताला लगाएका हुन् । एकसातासम्म वार्ता र छलफलको प्रयास पनि हुन नसकेको आंशिक प्राध्यापकहरुले बताए ।
उपकुलपति कार्यालय अन्तर्गतको कार्यकारी, प्राज्ञिक परिषद, अन्तरराष्ट्रिय सम्बन्धन केन्द्र, योजना निर्देशनालय, कानुनी सल्लाहकारको कार्यालय, रेक्टर कार्यालय मातहतको अनुगमन निर्देशनालय, अनुसन्धान केन्द्र, समन्वय महाशाखा ठप्प बनेको छ । कान्तिपुर दैनिकमा खबर छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १६ साउन २०७८, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि खुलायो मौका परीक्षा फारम
माघ ११ सम्म थपियो त्रिविमा स्नातक तहको भर्ना समय
त्रिविद्वारा २४ वटा क्याम्पसमा प्रमुख नियुक्त, को कहाँ ?
अब दीक्षान्तको शैली बदल्दै त्रिवि
त्रिविमा ८ डीन नियुक्त