काठमाडौं । प्रतिनिधिसभा सांसदले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न माग गरेका छन् । प्रतिनिधिसभा शून्य र विशेष समयमा उनीहरूले नागरिकता ऐन २०६३ संशोधन विधेयक तीन वर्षदेखि अड्किएकोप्रति समेत ध्यानाकर्षण गराए ।
४ साउन २०७५ मा प्रतिनिधिसभामा पेस नागरिकता ऐन संशोधन विधेयक अझैसम्म पारित हुन सकेको छैन । विधेयक पारित नहुँदा जन्मका आधारमा नागरिकता लिएकाका सन्तान नागरिकताबाट बञ्चित छन् । नेपाली नागरिक आमाको सन्तानले आमाकै नामबाट नागरिकता पाउनसमेत सकेका छैनन् ।
संसद्मा प्रस्तुत नागरिकता विधेयक रोकिनुको कारणसहित सांसदले जानकारी गराउन माग गरेका छन् । उनीहरूले नागरिकताबाट बञ्चित नहुन भन्दै तत्काल संसद्मा छलफल गरी पारित गराउन जोड दिएका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमाथि दफावार छलफल सकेर प्रतिवेदन पेस गरिसकेको छ ।
तर, सो विधेयकको प्रतिवेदनमाथि दलहरूले असहमति राखेका कारण अघि बढ्न सकेको छैन । समितिले विधेयक पारित गर्नुपर्नेमा कुनै चासो नदेखाएको र कार्यसूचीमा प्रवेश नपाएकोप्रति सांसदले आक्रोशसमेत पोखे ।
‘नेपाली भएर पनि नागरिकताबाट बञ्चित हुँदा युवापुस्तामा राज्यप्रति वितृष्णा जाग्ने परिस्थिति आएको’ भन्दै उनीहरूले ‘सदनबाट विधेयक पारित गरी नागरिकता पाउने अधिकार दिनुपर्ने’ सुझाए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १३ साउन २०७८, ०६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
पद तथा गोपनीयताको शपथ ग्रहण गर्न सिंहदरबार पुगे नवनिर्वाचित सांसदहरू
नवनिर्वाचित सांसदलाई सूचना : शपथका लागि यी कागजपत्र अनिवार्य
समानुपातिक ११० सांसदलाई प्रमाणपत्र प्रदान
समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने