काठमाडौं । नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ । लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको संकेत देखिएको हो।
नेपाल पक्षको आइतबार र सोमबार काठमाडौंको बुद्धनगरमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको ठहर गर्दै सम्मानजनक एकताका लागि थप प्रयास गर्ने निर्णय गरेको छ।
बैठकमा नेताहरूले एकताका लागि भइरहेका विभिन्न प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १२ साउन २०७८, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रश्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
एमालेले बोलायो आकस्मिक बैठक
एमालेका ४७ जना महाधिवेशन प्रतिनिधि कता हराए ?
एमालेको विधान महाधिवेशन : प्रतिनिधिलाई प्रवेश शुल्क नलाग्ने, आवासको ब्यवस्थापन आफैं गर्नुपर्ने
विधानमा सुझाव दिन एमाले कोशीमा १० सदस्यीय कार्यदल
रास्वपा सांसदका अभिव्यक्तिमा व्यक्त शब्दहरूप्रति एमाले मुख्य सचेतकको आपत्ति