भारत । भारतमा भारी मनसून वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या आइतबार १२४ पुगेको छ भारतीय अधिकारीले पुष्टि गरेका छन् । अरु दर्जनौं हराइरहेकाको खोजीका लागि उद्धारकर्मीहरू जुटिरहेको बताइएको छ ।
भारतको पश्चिमी क्षेत्रमा बिहीबारदेखि मुसलधारे वर्षा भएको छ । भारतीय मौसम विज्ञान विभागले आउँदो केही दिनमा थप वर्षा हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।
महराष्ट्र राज्यमा बिहीबार मुम्बईको दक्षिणमा रहेको ताल्यको पहाडी गाउँमा ठूलो पहिरोमा परी ४० जनाको मृत्युसहित राज्यभर ज्यान गुमाउनेको सङ्ख्या ११४ पुगेको छ । पहिरोमा दर्जनभन्दा बढी घरहरू परेका थिए भने पहिरोमा परी कम्तीमा ९९ जना हराइरहेको बताइएको छ ।
चिप्लुनका केही भागहरूमा बिहीबार निरन्तर २४ घण्टाको बर्षापछि पानीको तह २० फिट (छ मिटर) सम्म पुगेको र सडक तथा घरहरू डुबाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बर्षापछिको डुबानका कारण बिद्यूत् आपूर्ति अवरूद्ध हुँदा कोभिड–१९ को उपचारगराइरहेका एक अस्पतालका आठ बिरामीहरूको मृत्यु भएको थियो ।
उनीहरूको उपचारमा भेन्टिलेटर प्रयोग भएको तर बिद्यूत् आपूर्ति काटिनासाथ उनीहरूको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १० साउन २०७८, २० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’