काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई छिमेकी राष्ट्रलाई कूटनीतिक सन्तुलनमा राख्ने उद्घोष गरिसकेका छन् । प्रधानमन्त्री भएपछि ३ साउनमा संसद्मा बोल्दै देउवाले दुई छिमेकी चीन र भारतसँग राम्रो सम्बन्ध स्थापित गर्ने बताएका थिए ।
देउवालाई लामो समयदेखि भारतसँग बिग्रिएको सम्बन्ध सुधार र चीनसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने चुनौती छ । दुई छिमेकी मुलुकमध्ये भारतसँग लामो समयदेखि सीमा, पारवहान, पानीको विवादलगायत दर्जनाैँ समस्या छन् । यी विवाद देउवा नेतृत्वको सरकारले कूटनीतिक वार्ताबाट कसरी हल गर्न सक्ला भन्ने विषय सबैको चासोमा परेको छ ।
त्यसो त नेपालको राजनीति नजिकबाट नियालिरहेको भारतका प्रधानमन्त्री मोदीले देउवालाई संसद्बाट विश्वासको मत पाएपछि मात्रै बधाई तथा शुभकामना दिए । यसअघि प्रधानमन्त्री देउवालाई नेपालमा स्थानीय तह र संघीय चुनाव सफलतापूर्वक गराएकोमा मोदीले बधाई दिएका थिए ।
यसबीचमा भारतका प्रधानमन्त्री मोदीले सुरुमा सामाजिक सञ्जालमार्फत र पछि टेलिफोन गरेर देउवालाई बधाई मात्रै दिएका छैनन् कोरोना भाइरसविरुद्ध लड्न सहकार्यका लागि भारत तयार रहेको सन्देश पनि दिएका छन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १० साउन २०७८, ०५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई छलफलमा
देउवा प्रतिनिधि सभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस
देउवालाई एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर दियो महाधिवेशनको निम्तो
देउवा र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल
देउवा ओली भेटवार्ता गदैं, संसद पूर्नस्थापना की चुनाव भन्ने विषयमा छलफल हुने
सिंगापुरबाट फर्किदै देउवा, पार्टीमा आफैं सक्रिय हुने तयारी