बालकोट पुगेर एमालेका दोस्रो तहका नेताले के भने ?

अध्यक्ष ओलीलाई साझ बालकोट पुगेर भेटेका विघिटन एमाले कार्यदलका नेताले अहिले विहान माधव नेपालसँग भेटवार्ता गदैंछन्

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, ०९ : ०१
बालकोट पुगेर एमालेका दोस्रो तहका नेताले के भने ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले पार्टी एकता प्रयासका लागि गठित कार्यदल शुक्रवारको स्थायी कमिटिको बैठकवाट विघिटित गरिसकेका छन् । कार्यदलले एकताका लागि दिएको प्रस्ताव स्थायी कमिटिले ग्रह्ण गरेको भन्दै अव विघिटित कार्यदल नरहेको र विघटन गरिएको निर्णय शुक्रवारको स्थायी कमिटि बैठकले गरेको हो ।

त्यसवेला माधव नेपाल पक्षका कार्यदलमा रहेका नेताहरु भीम रावल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र घनश्याम भुषाल अनि आमन्त्रित भनिएका सदस्य भीम आचार्य पनि एमाले स्थायी कमिटिको बैठक स्थल तुल्सीलाल स्मृति प्रतिष्ठान पुगेका थिए ।

शुरुमा वैठक रोक्न, माधव नेपालसँग पहिले संवादमा बस्न र त्यसपछि मात्र अन्य वैठकहरु राखेर १० वुँदे प्रस्तावका आधारमा पार्टी एकतालाई अगाडी बढाउन उनीहरुको तर्फबाट भीम रावलले वैठकमा पुगेर अध्यक्ष ओलीलाई सुनाएका थिए ।

शुरुमै ओलीले वैठकको माइन्यूटमा हस्ताक्षर गरेर मात्र आफना कुरा राख्न आग्रह गरेका गरेका थिए । तर नेपाल पक्षका नेता रावलले पार्टी उपाध्यक्ष र कार्यदलको एकातर्फको संयोजक रहेकोले शुरुमा बोल्न पाउनुपर्ने बताएपछि उनका लागि ओलीले बोल्न समय दिए । झण्डै १० मिनेट वैठकमा रावलले त्यसपछि बोलेका थिए ।

माधव नेपालसंग पहिले छलफल गर्नुस्, अहिलेलाई पार्टी स्थायी कमिटि बैठक रोक्नुस, संसदीय दलको बैठक रोक्नुस भन्ने प्रस्ताव रावलले राखेका थिए । तर त्यसमा ओली सहमत देखिएनन । रावलले बोल्दा सम्म चुपचाप सुनिरहेका ओलीले रावलले १० मिनेट बोलेपछि ल अब वैठक शुरु भयो भनेर आफनो धारणा सुरु गरेका थिए ।

त्यसपछि भने नेपाल समुहका यी नेताहरु जो ओलीसँग मिल्न चाहेका थिए, उनीहरु लाच पचाएर भएपनि वैठक स्थलबाट बाहिरिए ।

त्यसपछि वैठकले कार्यदल भंग गर्ने, कार्यदलको प्रस्तावको स्वामित्व ग्रहण गर्ने, पार्टी प्रतिपक्षमा बस्ने, देउवालाई विश्वासको मत नदिने सस्थागत निर्णय लिएको थियो ।

उनले सोही दिन वोलाएको संसदीय दलको वैठक पनि रोकेनन । साझ सिंहदरवारमा संसदीय दलको वैठक पनि बसालेर सस्थागत रुपममै अदालतको फैसलाको भण्डाफोर गर्ने निर्णय सम्म गरेको थियो ।

तर एमाले भित्रको नेपाल समुह देउवालाई ५ वर्ष नै संसद चल्न दिनका लागि भएपनि विश्वासको मत दिनुपर्ने पक्षमा छ । नेपालले सोही आधारमा आन्तरिक छलफल गरिरहेका छन् । विपक्षी गठवन्धनका नेताहरुसँग उनको हिमचिम रोकिएको छैन ।

यसले नेपाल जता उभिन्छन्, उतै सहज हुने गरी निर्णायक पोजिसनमा देखिएका छन् । सरकार र संसदको भविश्य नेपाल समुह जता उभिन्छ, त्यही आधारमा तय हुने अवस्था अहिले निम्तेको छ ।

तर नेपाल समुहका कार्यदलमा रहेका नेता वाहेक अन्य नेताहरु प्रष्ट रुपमा ओलीको विपक्षमा छन् । उनीहरु संसद जोगाउने काम आफनो समुहले गरेको र अहिले पनि यसको रक्षाका लागि देउवालाई विश्वासको मत दिएर जानुपर्ने पक्षमा उभिदिएको छ । यसले नेपाल समुहकै कार्यदलमा रहेका नेताहरुलाई अब त ओलीसँगै जान पाइने भयो भन्ने आशमा फेरि एकपटक तगारो लागेको छ ।

नेपाल समुहबाट कार्यदलमा रहेका नेताहरु एमाले अब मिलाउनु पर्ने र त्यसमा माधव नेपालले अब विरोधी आवाज उठाउनु नहुने पक्षमा वकलत थालेका छन् । जसकाकारण नेपाल समुहका नेताहरुमा विभाजन देखिएको छ ।

यस्तो बेला फेरि एमाले एकता भडकिने र नेपाल समुह फरक ढंगले जान सक्ने देखेपछि त्यसबाट जोगाउन भन्दै दोस्रो तहका नेताहरुको दौडधुप शुरु भएको छ ।

नेपालले देउवालाई विश्वासको मत दिएपछि र संसद ५ वर्षको ग्यारेन्टी भएपछि मात्र ओलीसंग निर्णायक छलफल चाहिरहेको छ । तर देउवालाई विपक्षमा मतदान गर्ने निर्णय लिईसकेको एमालेको ओली पक्षले भने देउवालाई विश्वासको मत दिए पार्टी त्यहीबाट विभाजित हुन सक्ने भन्दै धम्काईरहेको छ ।

यो जटिल अवस्था निम्तेपछि विघटित कार्यदलका सदस्यहरु फेरि दौडादौड गर्न लागेका हुन् । नेपाल समुहमै भएपनि कार्यदलमा रहेका नेताहरु ओलीको लागि सहज देखिन खोजेका छन् । नेपाल समुहमै रहेपनि नेपालको अनुमति बिना उनीहरुले नेपाल समुहको प्रतिनिधित्व गर्दै नेपाललाई आत्मसमर्पण गराउने दाउमा जुटेका छन् ।

यसलाई राम्रोसँग वुझेका नेता नेपालले बरु दोस्रो तहका यी नेताहरुलाई विश्वास गर्न छोडेर तेस्रो तहका नेताहरुसँग हिमचिम र छलफललाई अगडाी बढाएका छन् । नेपाल समुहका तेस्रो तहका नेताहरु भने नेपालसँग चटटानी अडानमा देखिन्छन् । उनीहरु ओलीसँग झुकेर आत्मसमर्पणको नीतिका आधारमा मिलेर जाने दोस्रो तहको नेताहरुको प्रयासको खिलाफमा छन् ।

दोस्रो तहका नेताहरुले भने ओलीलाई हिजो साझ बालकोट पुगेरै भेट गरेका छन् । ओलीले सोमबारका लागि केन्द्रीय कमिटिको बैठक डाकेपछि र त्यो बैठकको एजेण्डा तय गर्न आज विहान ११ बजेका लागि स्थायी कमिटिको वैठक पनि वोलाएपछि अब ओलीले आफनो निर्णय धमाधम गर्न सक्ने भय पालेर ओलीलाई केही समय वैठक रोक्न र नेपालसँग छलफल गर्न सुझाउादै बालकोट भेटन पुगेका हुन् ।

भेटमा विष्ण रिमाल र रघुजी पन्त वाहेकका विघटित कार्यदलका सबै सदस्यहरु रहेको बताईएको छ । उनीहरुले वैठक रोकेर फेरि संवाद बढाउन ओलीसँग आग्रह गरेका थिए । तर जवाफमा ओलीले वैठक कतिन्जेल रोक्ने ? यो विषयमा माधव नेपालसंग छलफल गर्नुस म सँग होइन भन्दै फर्काइदिएका छन् ।

ओलीले वैठक नरोक्ने संकेत गरेपछि उनीहरु आज माधव नेपाल फकाउन नेपाल निवास कोटेश्वर जाने तयारी गरेका छन् । अहिले विहान नेपाल निवास पुगेर नेपाललाई भेट गर्ने तयारीमा विघटित कार्यदलका सदस्य छन् ।

तर नेपाल त्यसमा टसमस हुने पक्षमा देखिदैनन । आवश्यक परे उनी पार्टी नै नयाँ बनाएर जाने सम्मको योजनामा जुटिसकेका छन् ।

नेपाल आफनो अडानमा र ओलीको पनि आफ्नै दाउमा छन् । ओलीलाई एमालेको अन्य कुनै नेताले पनि उको समुहभित्रकाले यसो गरौं भन्न् सक्ने हैसियत राख्दैनन । ओलीका अगाडी ओली समुहका नेताहरु प्राय सवै दास जस्ता मात्रै छन् । ओलीले जे भन्यो, त्यही आज्ञाकारी पालक जस्तो टाउको हल्लाउने र साथ दिने मात्र देखिन्छन् । जसले गर्दा पनि ओलीलाई मनलाग्दी भाषणावाजी गर्न , र उनले लिएको स्टेपमा कदम चाल्न सहयोगी बनिरहेको छ ।

नेपाल पक्ष भने अहिले ओलीसँग बरु आफनो समुहका ओलीतिर जान मन लागेका नेता जाउन, तर आत्मसमर्पण गरेर ओलीसँग मिल्न जान नहुने पक्षमा ढृढ देखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस