काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनले बैंकिङ कसुरका फरार दोषीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ का ५१ वर्षीय भरत खनाल रहेका छन् ।
कार्यालयका अनुसार उनलाई विषेश अदालत पाटनले २०७७ साल फागुन ३ गते बैंकिङ कसुरमा रु २२ लाख जरिवाना र आठ दिन कैद तोकेको थियो । जरिवाना तोकिएका खनाल फरारको सूचीमा रहेका थिए ।
उनलाई आज दिउँसो भरतपुर महानगरपालिका–९ शरदपुरबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार पक्राउ परेका उनलाई आजै जिल्ला अदालत चितवनमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०१ साउन २०७८, २० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ