काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनले बैंकिङ कसुरका फरार दोषीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ का ५१ वर्षीय भरत खनाल रहेका छन् ।
कार्यालयका अनुसार उनलाई विषेश अदालत पाटनले २०७७ साल फागुन ३ गते बैंकिङ कसुरमा रु २२ लाख जरिवाना र आठ दिन कैद तोकेको थियो । जरिवाना तोकिएका खनाल फरारको सूचीमा रहेका थिए ।
उनलाई आज दिउँसो भरतपुर महानगरपालिका–९ शरदपुरबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार पक्राउ परेका उनलाई आजै जिल्ला अदालत चितवनमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०१ साउन २०७८, २० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
दुई थान घरेलु पेस्तोलसहित एक नेपाली भारतबाट पक्राउ
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ