काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार स्थायी समिति बैठक बोलाएका छन्। बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा स्थायी समिति बैठक बोलाइएको हो। अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले स्थायी समिति बैठक बोलाएका हुन्।
सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी समिति बैठक बस्न लागेको हो। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि बोलाइएको छ। १० बुँद्धे सहमति अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक स्थगित भएको थियो। स्थायी समिति बैठकपछि तीन बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ।
प्रतिनिधिसभा पुनःस्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अझ कटुता बढेको छ। अध्यक्ष ओली आफू हटाएर नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउने वरिष्ठ नेता नेपालले खेलेको भूमिका प्रतिक्रुर छन्। उनले बालुवाटार छोडेर बालकोटस्थित आफ्नो निवास पुगेर नेपालसँग मिल्न नसकिने अभिव्यक्ति दिएका थिए। यता वरिष्ठ नेता नेपाल कांग्रेससहित गठबन्धनमा सक्रिय नै छन्।
बिहीबारको सत्ताधारी गठबन्धनको बैठकमा आफू नगए पनि नेपालले डा. विजय पौडेललाई पठाएर सहभागिता जनाएका छन्। बुधबार मात्रै नेपाल निवासमा प्रधानमन्त्री देउवाबीच सत्ता गठबन्धनलगायतका विषयमा छलफल भएको थियो। १० बुँद्धे सहमति भइसक्दा पनि ओली र नेपालबीच कटुता अझ बढ्दै गएपछि विभाजनलाई रोक्न दोस्रो तहका नेता पुनः सक्रिय भएका छन्। बिहीबार उनीहरूकोे अनौपचारिक बैठक बसेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ साउन २०७८, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले संसदीय दलको बैठक जारी
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
एमाले नेताहरुको भूमिगत अनुभव समेटिएको पुस्तक सेल्टर सार्वजनिक
एमाले विराटनगरको अध्यक्षमा बलराम गिरी विजयी
काँग्रेस नेताहरूको असन्तुष्टिबारे संयन्त्रमै छलफल गर्दा राम्रो हुन्छ’: नेकपा एमाले
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन