काठमाडौँ । नेकपा (एमाले) ले स्थायी कमिटीको बैठक बोलाएको छ । शुक्रबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा बैठक बोलाइएको हो ।
सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुलाई पनि खबर गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
तर असन्तुष्ट माधव पक्षका नेताहरुले एकपक्षीय ढंगले बोलाएको बैठकमा सहभागी हुने सम्भावना नरहेको बताएका छन् । ‘पार्टीभित्र तिक्तता बढेको छ ।
पहिला अध्यक्ष र वरिष्ठ नेता भेटवार्ता गरेरमात्रै बैठक बोलाउने भनिएकोमा सल्लाह नै नगरी बोलाएको बैठकमा हाम्रो समूह सहभागी हुने सम्भावना छैन’ एमाले उपाध्यक्ष समेत रहेका माधव पक्षका नेता युवराज ज्ञवालीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ असार २०७८, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमा ओलीकै प्रस्ताव रोकियो, मनोनित प्रतिनिधि पनि सहमतिमै चयन हुने
एमालेको ११औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने
एमाले महाधिवेशनअघि ओलीको ‘विधान कुप्रयोग’ : तीन महिनाअघि पारित दस्तावेज उल्ट्याउँदै पार्टी पुनः पुरानै बाटोमा
नेकपा एमालेको सचिवालय बैठक बस्दै
नेकपा एमालेको सचिवालय बैठक भोलि दिउँसो आह्वान
एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै : के छन् एजेन्डा ?