मकवानपुरमा दुई पुरुषको शव फेला

सफल खबर संवाददाता

मंगलबार, २९ असार २०७८, १० : ०७
मकवानपुरमा दुई पुरुषको शव फेला

मकवानपुर । मकवानपुरमा दुईजना पुरुष मृत अवस्थामा फेला परेका छन् । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ स्थित बकैया खोला पुलमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

विहान साढे ५  बजेको समयमा सो पुलको रडमा सलको पासो लगाई झुण्डिएको अवस्थामा दाङको बबई गाउँपालिका स्थायी ठेगाना भएका हाल बकैया–४ तामाखोला बस्ने ३५ बर्षीय भीमबहादुर खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए । उनका अनुसार मृतक खत्री स्थानीय क्रसर उद्योगमा मजदुरी गर्दै आएका थिए । 

त्यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ संगमचोकस्थित आफ्नै डेरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्दै आएका डिके भन्ने करिब ५० बर्षका पुरुषको शव बिहान ७ बजे फेला परेको प्रहरी उपरिक्षक रिमालले जानकारी दिए ।  दुबै व्यक्तिको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस