काठमाडौं । सत्तारुढ एमालेको आन्तरिक विवाद समाधानका उपाय खोज्ने क्रममा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गतिविधि नगरी मौन बस्ने सहमति भएको छ
विवाद मिलाउन निरन्तर वार्तामा जुटेका ओली र नेपाल पक्षका नेताहरुबीच यस्तो सहमति भएको हो ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा सहमति र एकताका लागि विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नै दलका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेका थिए ।
यो सर्तलाई नेपाल पक्षले नमानेपछि सहमति र एकता प्रयासमा अड्चन आएको थियो । अहिले भने कार्यदलमा सो हस्ताक्षर फिर्ता नलिने सहमति कार्यदलमा जुटेको खबर नागरिक दैनिकमा छापिएको छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २७ असार २०७८, ०६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रश्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
एमालेले बोलायो आकस्मिक बैठक
एमालेका ४७ जना महाधिवेशन प्रतिनिधि कता हराए ?
एमालेको विधान महाधिवेशन : प्रतिनिधिलाई प्रवेश शुल्क नलाग्ने, आवासको ब्यवस्थापन आफैं गर्नुपर्ने
विधानमा सुझाव दिन एमाले कोशीमा १० सदस्यीय कार्यदल
रास्वपा सांसदका अभिव्यक्तिमा व्यक्त शब्दहरूप्रति एमाले मुख्य सचेतकको आपत्ति