काठमाडौं । मुलुकभर दलित समूदायमाथि भइरहेका जातीय विभेदका घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
जातीय विभेद अन्त्य नभएका कारण विभिन्न घटनाहरु भइरहेको भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले रुपा सुनार घटनाको निष्पक्ष छानविनको माग गरेका छन् ।
त्यस्तै, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले अख्तियार दुरुपयोग गरेको आरोप लगाएका छन् । प्रदर्शनमा सहभागीहरुले राज्यले नै दलित विभेदलाई पूर्ण रुपमा अन्त्य गर्न अग्रसर हुनुपर्ने बताएका छन् ।
त्यस्तै उनीहरुले जातिय विभेद गर्नेलाई कडा भन्दा कडा कारवाहीको व्यवस्था हुनुपर्ने भन्दै अब निरन्तर राज्यलाई खबरदारी गर्ने बताएका छन् । प्रदर्शनमा सहभागीहरुले रुपा सुनारलाई न्याय दे, मान्छे भएर बाच्न दे, जुन समाजमा जात छ, विभेदै विभेदको खात छ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ असार २०७८, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन, न्याय र संरचनागत सुधारको माग
नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन
ओलीको पक्राउको विरोधमा एमालेद्वारा दिउँसो ३ बजे ७७ जिल्लामै शसक्त विरोध प्रदर्शनको आह्वान
इनिशा विश्वकर्मालाई न्याय माग्दै सिरहामा प्रदर्शन
मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन
इरानका विभिन्न शहरमा उग्र प्रदर्शन