काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेताहरूले महाधिवेशनमा साझा उम्मेदवार तय गर्न सहमतिको पहल थालेका छन् ।
नेता अर्जुननरसिंह केसीको पहलमा शुक्रबार संस्थापन इतर समूहबाट नेतृत्वका आकांक्षीलाई एक ठाउँमा भेला गराएर सहमतिमा एकमात्र उम्मेदवार तय गर्न छलफल गरिएको छ । केसी स्वयंले पनि पार्टीको १४औं महाधिवेशनमा आफूलाई सभापतिको आकांक्षीका रुपमा प्रस्तुत गर्दै आएका छन् ।
संस्थापन पक्षबाट शेरबहादुर देउवा, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले नेतृत्वका लागि आकांक्षा व्यक्त गरेका छन् । संस्थापन इतर पक्षबाट भने नौजनाले सभापतिमा दाबी गर्दै आएका छन् ।
संस्थापन इतर पक्षबाट नेतृत्व दाबी गर्नेमा नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्रीहरू रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू शेखर कोइराला, सुजाता कोइराला र कल्याण गुरुङ छन् ।
संस्थापन इतर पक्षबाट सभापतिका आकांक्षी गुरुङबाहेक अन्य सहभागी बैठकमा सबैले नेतृत्वमा आआफ्नो दाबी प्रस्तुत गर्दै औचित्य पुष्टिको प्रयास गरेका थिए ।
बैठकमा सबैले आफू नै आगामी सभापतिका लागि अब्बल भएको दाबी गरे पनि सिटौलाबाहेक अन्यले संस्थापन इतर पक्षबाट सहमतिमा साझा उम्मेदवार तय गर्नुपर्नेमा जोड दिएका थिए ।
संस्थापन इतर समूहबाट सभापतिमा एउटामात्र उम्मेदवार बनाउन नसके नेतृत्वमा पुग्न नसकिने सबै आकांक्षीले स्वीकार गरेको एक नेताले बताए । १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै सभापतिको उम्मेदवार बनेका सिटौलाले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिएका थिए ।
महाधिवेशन आउन अझै समय बाँकी रहेकाले अहिले नै हतार गर्नुपर्ने आवश्यकता नरहेको भन्दै उनले सहमतिभन्दा पनि स्वस्थ प्रतिस्पर्धाबाट छानिने नेतृत्वले संगठन चलायमान बनाउन सक्ने धारणा राखेको स्रोतको दाबी छ ।
नेताहरूबीच १४औं महाधिवेशनलाई निष्पक्ष, स्वतन्त्र बनाउनेदेखि मुलुकको समग्र राजनीतिक अवस्थाबारे छलफल भएको थियो । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २६ असार २०७८, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीसँग भेट गर्न पूर्णबहादुर र गृहमन्त्रीलाई लिएर बालुवाटार पुगे देउवा
संसद्को गतिरोध अन्त्य गर्नेबारे देउवा–प्रचण्डबिच छलफल हुने
राजीनामाको दवावमा रहेका गृहमन्त्रीलाई देउवाले धाप मारेपछि ...
देउवाले बोलाए पदाधिकारी बैठक
शेखर समूहका सदस्यहरूले देउवालाई बुझाए ज्ञापनपत्र
गभर्नर नियुक्ति छिट्टै हुन्छ: देउवा