काठमाडौं । कटारीबाट रुपाटार जाँदै गरेको जीप दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जीप दुर्घटनामा मृत्यु हुने युवक ताप्ली–५ का २५ वर्षीय रमेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।
कटारी बजारबाट ताप्लीको रुपाटार जाँदै गरेको प्रदेश २–०१००१–च –००५० नम्बरको बोलेरो जीप डुढेस्थित भित्री सडकखण्डको उकालोमा चढ्न खोज्दा चिप्लिएर दुर्घटनामा परेको प्रहरीले बताएको छ ।
नेपालीको शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको र फरार जीप चालकको प्रहरीले खोजी गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २४ असार २०७८, १९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन