काठमाडौँ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यानखण्डको सिरखोलामा रुकुमबाट नेपालगञ्जतर्फ जाँदै गरेको रा १ ख २४३९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।
तिनलाई अहिले उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भmलक शर्माका अनुसार घाइतेलाई घटनास्थलबाट उद्धार गरी अस्पताल ल्याइएको छ । साँझ पौने ७ बजे दुर्घटनामा परेको बस सडकदेखि झण्डै ५० मिटर तल खसेको छ ।
सो स्थानमा घुम्ती रहेकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । गाडीमा करीब ३५÷३६ यात्रु भएको हुन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १५ असार २०७८, २१ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते