काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–८ मा आज भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी–५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर–९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर–७ का ४० वर्षीय अक्षयकुमार गुप्ता रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको माइक्रोले विपरीत दिशाबाट आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकल र को १ च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उदय, रामप्रसाद र अक्षय गम्भीर घाइते भएका थिए । घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याएकोमा उपचारको क्रममा तीनै जनाको मृत्युभएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका माइक्रोका चालक नुवाकोट बिदुर नगरपालिका–१३ का ३५ वर्षीय विवस तामाङ् र सह–चालकको २५ वर्षीय नारायण बत्सयालको विराटनगरस्थित विराटनगर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेका तीन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको सुनसरी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १३ असार २०७८, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते
सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते
गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते